बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मेचिनगरको मदन बस्तीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

Sinara Mongol Meche | 16 मे 2019

मेचिनगरको मदन बस्तीमा प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा / दिनाङ्क 15 May 2019 को दिन मंगोल नेसनल अर्गनाइजेसन मेचिनगर नगरसभाको आयोजनामा मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभा अध्यक्ष सागर दर्जी ज्युको सभाअध्यक्षतामा एवम मंगोल नेशनल अर्गनाइजेशन एक नम्बर प्रदेश सभाअध्यक्ष भास्कर चाम्लिङ ज्युको प्रमुख आतिथ्यतामा मेचिनगर नगरपालिका वडा नम्बर सात स्थित मदन बस्तीको कृष्ण प्राथमिक बिद्यालय भवनमा एकदिने मूलबासी मंगोल राष्ट्रवाद विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका विशिष्ट अतिथी एक नम्बर प्रदेश सभा सदस्य देब धिमाल ज्युले पनि सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथी चाम्लिङले उपस्थित लोकसमुदायहरुलाई मानव अस्तित्व साथै सांगठनिक विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । स्थानीय लोकसमुदायको उल्लेखनिय उपस्तिथि रहेको उक्त कार्यक्रम मेचिनगर नगरसभा सदस्य ससिकला राईको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रम संचालन मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभा सदस्य सिनारा मेचेले गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्