शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रशिक्षण साथै गठन सम्पन्न

DB Mongol | 17 अप्रिल 2021

प्रशिक्षण साथै गठन सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङको पहलमा बेलबारी नगर सभाका सदस्य भिम राई र डम्बर राई ज्युको सङ्योजकत्वमा साथै नेत्र बहादुर राई ज्युको अध्यक्षतामा केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बू ज्युको प्रमुख आतिथ्यतामा मिक्लाजुङ ५ सानो साम्लिङ टोलमा एक दिने मंगोल रास्ट्रबाद सम्बन्धी प्रशिक्षण कार्यक्रममा साथै टोल सभा गठन कार्य पनि सम्पन्न भएको छ ।

शिक्षणका क्रममा प्रमुख अथिले सम्पुर्ण उपस्थित जनसमुदायमा आफ्नो हक अधिकार र अस्तित्व ठूलो कुरो भएकोले हक अधिकार मानव अस्तित्वलाई पैशा भन्दा माथी राखेर हिँडे मात्र देशको उज्वल भविष्य साथै भावि सन्ततीको मुहार फेरिने कुरामा जोड दिनु भएको थियो । प्रशिक्षण कार्यक्रम समाप्त लगत्तै गठन कार्य सम्पन्न भएको थियो जसमा नेत्र बहादुर राई ज्युको अध्यक्षतामा ११ सदस्यिय नया कमिटी गठन भएको थियो । गठन हुनुभएको नव निर्बाचित पदाधिकारिहरुलाई जिल्ला सभा प्रमुख बिकेन वान्तावा राइले संगठनको नीति नियम बिधान साथै टोल सभाको भुमिका जिम्मेवारी माथिल्लो तहबाट सर्कुलर भएका सम्पुर्ण कुरा उपलब्ध गराउने बिश्वास दिलाउनुको साथै नव निर्बाचित मिक्लाजुङ ५ सानो साम्लिङ टोल सभाका पदधिकरिहरुलाई सपथ ग्रहण गराएका थिए । उक्त कार्यक्रममा मंगोल जनसमुदायहरुको वाक्लो उपश्थिती रहेको थियो । त्यसको साथै अतिथि ज्युहरुमा बेलबारी नगर सभाका सदस्य भिम राई, मिक्लाजुङ गाउँ सभाका सह-सचिब रबिन तामाङको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सुमन लिङ्देनले राखेका थिए भने कार्यक्रम सञ्चालन एम एनओ जिल्ला सभा मोरङका सचीव धनराज लिम्बूले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्