शुक्रबार 3 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम ऐतिहासिक आबुखैरेनी गाउँपालिका अधिबेशनको घोषणा सभा सम्पन्न

Sushma Ale | 27 डिसेम्बर 2020

प्रथम ऐतिहासिक आबुखैरेनी गाउँपालिका अधिबेशनको घोषणा सभा सम्पन्न

मिति 27 December,2020 ,आइतवारको दिनमा मंगोल नेशनल अर्गनाइजेसन, प्रथम ऐतिहासिक आबुखैरेनी गाउँपालिका अधिबेशनको मुल आयोजक सभाका संयोजक कुमार काजी गुरुङज्युको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाका सदस्य प्रबिना थापा मगरज्युको प्रमुख आतिथ्यतामा मंगोल नेशनल अर्गनाइजेसन, गा.पा.का.०३ आबुखैरेनी , तनहुँमा मंगोलहरुको आवाज विभेदरहित समाज,सम्पुर्ण अहिन्दु मुलवासी मंगोलहरुको एकता देश विकास र रोजगार र शान्तिको आवश्यकता , मुलवासी मंगोलहरुको सरकार बनाउनु पर्ने प्रतिबद्धता भन्ने मुलनाराका साथ प्रथम ऐतिहासिक आबुखैरेनी गाउँपालिका अधिबेशनको घोषणा सभा सम्पन्न भएको छ ।

विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेसन,गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर गुरुङ ,अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेसन, दोस्रो एतिहासिक तनहुँ जिल्ला अधिबेशनका मुल आयोजक सभाका संयोजक प्रेम बहादुर थापा, मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी वडा -०२, वडा सभाका अध्यक्ष सोम गुरुङ र आबुखैरेनी वडा-०३,वडा सभाका अध्यक्ष चिज कुमार गुरुङ हुनुहुन्थ्यो । मिति 26th, Dec.2020को दिनमा भएको प्रथम एतिहासिक आबुखैनेनी गाउँपालिका अधिबेशनको बन्दसत्रबाट कुमार काजी गुरुङ ज्युको अध्यक्षतामा 11 सदस्ययी मंगोल नेशनल अर्गनाइजेसन, आबुखैरेनी गाउँ सभा निर्विरोध निर्वाचित भएको छ । सचीवमा काशीराम गुरुङ (राजु), सदस्यहरुमा यम बहादुर गुरुङ, माया गुरुङ , जमुना गुरुङ , कुमार थापा मगर , दल बहादुर मगर , तुल बहादुर गुरुङ , अमर गुरुङ , बिक्रम थापा मगर, टेक बहादुर गुरुङ हुनुहुन्थ्यो ।
विशिष्ट अतिथी गुरुङज्युले सम्पुर्ण नवनिर्वाचित सभाका पदाधिकारीहरुलाइ शुभकामना दिदै अबको एक पुस्ताले मंगोल मुक्तिको लागि त्याग तपस्या र बलिदान दिनुपर्ने बताउनुभयो ।त्यसरी नै प्रमुखतिथी थापाज्युले मंगोल नेशनल अर्गनाइजेसनको जित ढिलै भएपनी निश्चित रहेको बताउदै नवनिर्वाचित पदाधिकारीहरुलाई हौसला दिनुभएको थियो ।प्रथम एतिहासिक आबुखैरेनी गा.पा. अधिबेशनका मुल आयोजक सभाका यम बहादुर गुरुङज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिब काशीराम गुरुङ (राजु)ज्युले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्