शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम ऐतिहासिक भद्रपुर नगर अधिवेशन पुष १३ र १४ गते हुने

Lassim Hang Mongol | 26 डिसेम्बर 2018

प्रथम ऐतिहासिक भद्रपुर नगर अधिवेशन पुष १३ र १४ गते हुने

झापा/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको आफ्नो प्रथम ऐतिहासिक नगर अधिवेशन यहि पुष १३ र १४ गते भद्रपुर वडा-३ ज्ञाने चोकमा हुने भएको छ ।
मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाले आफ्नो ऐतिहासिक प्रथम नगर अधिवेशन नगर सभाका अध्यक्ष संजुहाङ मंगोलको संयोजकत्वमा २० सदस्यीय अधिवेशन मूल आयोजक सभा समेत निर्माण गरी अधिवेशनको तयारीमा जुटेको संजुहाङ मंगोलले बताए । ऐतिहासिक प्रथम नगर अधिवेशनलाई सफल बनाउन नगरको विभिन्न वडा सभा, गाउँ र टोलमा पर्चा, पम्पलेट संगै प्रचारप्रसार गरिरहेको छ । दुई दिन सम्म चल्ने नगर अधिवेशनको उदघाटन सभा र बन्दसत्र भद्रपुर वडा-३ ज्ञाने चोक स्थित एम.जे डान्स ग्रुपको हलमा हुनेछ भने दोश्रो दिन बृहत् र्‍याली सहित ज्ञाने चोक स्थित सिरिजङ्गा स्पोर्टिङ क्लबको खेल मैदानमा घोषणा सभा हुनेछ । प्रथम ऐतिहासिक नगर अधिवेशनमा केन्द्रीय स्तर लगायत प्रदेश जिल्ला र नगत स्तरीय नेताहरूले सम्बोधन गर्नुहुने संयोजक संजुहाङ मंगोलले बताए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्