शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम ऐतिहासिक भद्रपुर नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

Lassim Hang Mongol | 28 डिसेम्बर 2018

प्रथम ऐतिहासिक भद्रपुर नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

झापा/ मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको ऐतिहासिक प्रथम नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न भएको छ ।
पुष १४ गते गते झापाको भद्रपुर नगरपालिका-३ ज्ञानेचोकमा किशोर मगरको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । संगठनका केन्द्रीय सदस्य श्याम लिम्बूको प्रमुख आतिथ्यता साथै संगठनका केन्द्रीय सदस्य अकल तामाङको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरू केन्द्रीय सदस्य एवम् मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाका प्रवन्धक राजकुमार गुरुङ, केन्द्रीय सदस्य यम कुमारी लिम्बू, वरिष्ठ केन्द्रीय सल्लाहकारहरू, धन बहादुर राई, पदम नेम्बाङ र दिल बहादुर लिङ्खिम, प्रदेश नं १ सभाका सदस्यहरू क्रमशः देव नारायण धिमाल र बुद्धमाया फुरुम्बो, झापा जिल्ला सभा अध्यक्ष र सचीवद्वय रुद्र थुलुङ राई, लासिम हाङ मंगोल र मेचिनगर नगर सभा अध्यक्ष सागर दर्जी थिए ।
लोकतन्त्र हाम्रो प्राण हो, धर्मनिरपेक्ष हाम्रो मुटु हो, प्रान्तीयता हाम्रो अंग हो, मानवअधिकार लागु गर, नेपाल कसको ? मंगोलको नारा जस्ता सहित शान्तिपुर्ण र्याली कार्यक्रम स्थल हुदै ज्ञाने चोक बजार हुँदै भिमनगर चोक परिक्रमा गरि उक्त खुला सभामा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि श्याम लिम्बूले संगठनको पाँच क्रान्ति दिप प्रज्वलन गरी संगठनका संस्थापक युग पुरूष अमर डा.गोपाल गुरुङको तस्वीरमा खदा अर्पण गरी कार्यक्रमको समुदघाटन गर्नु भयो । यसैगरी युग पुरुष अमर डा.गोपाल गुरुङको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो । बन्दसत्रबाट निर्विरोध नवनिर्वाचित भद्रपुर नगर सभाका सदस्य अर्जुन सुहाङको स्वागत मन्तव्य संगै कार्यक्रम सुचारू भएको हो । कार्यक्रममा प्रमुख अतिथी श्याम लिम्बूले बन्दशत्रबाट निर्विरोध नवनिर्वाचित पदाधिकारीहरूलाई खादा लगाई आफ्नो सफल कार्यकालको शुभकामना प्रदान गर्नु भयो । मेचिनगर नगर सभा अध्यक्ष सागर दर्जी, जिल्ला सभा झापाका सचिव लासिम हाङ मंगोल लिम्बू लगायतले सभालाई सम्बोधन गर्नु भयो । यसैगरी मेचिनगर नगर सभा र भद्रपुर नगर सभाका कलाकारहरूले मंगोल गीतमा शुन्दर सामुहिक नृत्य प्रस्तुत गरेका थिए भने केन्द्रीय सांस्कृतिक सभा सदस्य एवम् मंगोल गायका मंगल सिंह लिम्बूले मंगोलको कुरा सुनन संगि गीतको बोलमा शुन्दर गीत गाउनु भयो ।

प्रथम ऐतिहासिक भद्रपुर नगर अधिवेशन सभ्य र भव्यताका साथ सम्पन्न

मंगोल नेशनल अर्गनाइजेशन कुनै पनि हत्या हिंसा र साम्प्रदायिकताको प्रतिक नभएर समानता, भातृत्व, स्वतन्त्रता र मानवअधिकार सहित लोकतान्त्रिक संगठन भएको र देश विकास र समृद्धिको पक्षमा भएकोले मंगोल नेशनल अर्गनाइजेशनलाई जुन आरोप लगाईन्छ त्यो मुर्खता मात्र हो । मंगोल नेशनल अर्गनाइजेशन असली लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकार लागु गराउन नितान्त आवश्यक रहेको कुरा प्रमुख अतिथी श्याम लिम्बूले जोड् दिनु भयो । मंगोल मुक्तिको लागी सदैव लागी पर्ने साथै सांगठनिक जिम्मेवारी निडर, निर्भिक र इमान्दारीका साथ निर्वाह गर्दै संगठनलाई देशको बागडोर सम्हाल्न सरकारमा पुर्याउने अध्यक्ष किशोर मगरले प्रतिबद्धता व्यक्त गरे भने कार्यक्रम संजुहाङ मंगोलले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्