बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम ऐतिहाशिक सुनबर्शी नगर अधिबेशन सम्पन्न

mongol vision | 6 मे 2021

प्रथम ऐतिहाशिक सुनबर्शी नगर अधिबेशन सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङ अन्तर्गत प्रथम ऐतिहाशिक सुनवर्शी नगर अधिबेशन कार्यक्रम सम्पन्न भएको छ ।

निर्बिरोध रुपमा बन्दसत्रबाट चयन हुनु भएका सकुन्तला श्रेश्ठ ज्युको अध्यक्षतामा २४ सदस्यीय निर्वाचित कार्य समिती चयन भएको छ । बन्द सत्रबाट खुल्ला सभामा परिणत भएको उक्त नगर सभाको प्रथम ऐतिहाशिक अधिवेशनमा अथितीको रुपमा केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बू, जिल्ला प्रमुख बिकेन बान्तावा, सचिब धनराज लिम्बू, जिल्ला सदस्य डम्बर तामाङ साथै पथरी नगर प्रमुख टेक बहादुर मगर पनि उपस्थित हुनुभएको थियो । कार्यक्रममा टेक बहादुर मगर ज्युले जित्नु, हार्नु भन्दा पनि हामीले सिक्नु ठूलो कुरो हो ।, हामिलाई आफ्नै भुमिमा सुकुमवासी, सरणार्थी बनाउने खेल साशक वर्ग हिन्दु-आर्य बाहुन क्षेत्रीले गरेका छन् त्यसलाई अब बुझ्नु र छुट्याउन सक्नु पर्छ भन्ने कुरामा जोड दिएका थिए । जिल्ला सभाका प्रमुख बिकेन वान्तावा राई ज्युले हामिलाई राजनीती फोहोरी खेल हो, राजनीती गर्नु हुँदैन भन्ने यहाँका साशक वर्गले हाम्रो मानस पटलमा घुशाइ दिएको छ । त्यो कुरा हामिले ठिक बिपरित बनाइदिनुपर्ने र राजनीती गरेर हाम्रो सम्पुर्ण समस्याको निर्मुलिकरण हुने कुरा सम्पुर्ण लोक समुदायमा दर्साएका थिए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी सुरज फोम्बो लिम्बू ज्युले पनि अरुले के गर्दैछ, के भन्दैछ भन्दा पनि हामिले के गर्दैछौ भन्ने ठुलो कुरा हो ।, यो मुलुक, यो देश, भाबी सन्तती र अस्तित्वको लागि अब हामी परिवर्तन हुनै पर्ने कुरामा जोड दिनुभएको थियो । संगठनमा सानो तिनो कुरालाई हामिले ठूलो समस्या बनाउनु नहुने, यो हाम्रो घर भएको कारणले यसलाई हामिले नै बचाएर लानु पर्ने कुरामा जोड दिएका थिए । अन्त्यमा उक्त कार्यक्रममा अध्यक्ष ज्युले हामी सबै मिलेर गएमा मात्र हामी सफल हुन सक्छौ कसैलाई दोसारोपण नगरी हातमा हात, साथमा साथ, काधमा काध मिलाएर अगाडि बडेमा मात्र सफल हुने कुरा सम्पुर्ण पदाधिकारिमा राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य सुनबर्शी नगर सभाको कोषाध्यक्ष रेन्छेन तामाङ्ले राखेका थिए भने कार्यक्रम सञ्चालन जिल्ला सभाका सचिब धनराज लिम्बुले गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्