शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम एम.एन.ओ बाह्रबिसे 3 नम्बर वडा अधिवेशन सम्पन्न

Mongol Vision | 5 अप्रिल 2021

प्रथम एम.एन.ओ बाह्रबिसे 3 नम्बर वडा अधिवेशन सम्पन्न

सिन्धुपाल्चोक/ मंगोल नेशनल अर्गनाइजेशन प्रथम बाह्रबिसे 3 नम्बर वडा अधिवेशन बाह्रबिसे -3 धार्पामा सम्पन्न भएको छ ।
नगर सभाका अध्यक्ष बादल तामाङ सभाध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतिथ्यथा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्छेन तामाङले गर्नु भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्य द्वय जोनि बि.क, लालकुमारी थापा, एम.एन.ओ सिन्धुपाल्चोक जिल्ला सभाका अध्यक्ष नेमा छिरी लामा, सचिव दावा लामा, कोषाध्यक्ष पविना तामाङ, प्रचारप्रसार सचिव साङ्गे दोर्जे तामाङ, सदस्यहरु पुस्पा तामाङ, दाङ बहादुर स्याङ्बो, पवित्रा तामाङ लगायतको उपस्थिति रहेको थियो। प्रथम अधिवेशन बाट वीर बहादुर तामाङको अध्यक्षतामा 19 सदसिय पदाधिकारी निर्वाचित भएको छ ।
घोषणा सभालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तामाङले लोकतान्त्रिक पद्दतीबाट मुलुकलाइ निकास दिनको लागि मंगोल नेशनल अर्गनाइजेशनको ब्यबहारिक उदारवाद लोकतन्त्रको दर्शन लाई बलियो प्रकारले समाजमा अभ्यासमा ल्याउन सबै कार्यकर्ताहरु इमान्दार भएर संगठन बिस्तारमा लाग्नु पर्ने कुरा बताउनु भएको छ । कार्यक्रममा उपस्थित अतिथीहरु बाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाइ शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो ।
पविना तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम मिनलाल तामाङले संचालन गरेका थिए ।

प्रथम एम.एन.ओ बाह्रबिसे 3 नम्बर वडा अधिवेशन सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्