आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम काभ्रे जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा कमल तामाङ

Pradiksha Tamang | 7 मार्च 2021

प्रथम काभ्रे जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा कमल तामाङ

ऐतिहासिक MNO प्रथम काभ्रे जिल्ला अधिवेशन घोषणा सभा कार्यक्रम मिति 2021 मार्च 6 तारिखमा धुलिखेल नगरपालिका 5,स्थित बृहत पार्टी प्यालेसको सभाहलमा मूलआयोजक सभाको संयोजक भरत तामाङको सभाध्यक्षता र केन्द्रिय सचीव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथी तामाङले सम्बोधन गर्दै मंगोल नेशनल अर्गनाइजेसनको बारेमा प्रष्टाउदै यो देशमा विकासको बाधकको अथवा भाइरसको रुपमा बाहुनवाद,हिन्दुवाद रहिआएको बताउनुभयो त्यसैगरी विशेष अतिथी केन्द्रिय सर्वोच्च सभाको सदस्य साथै अनुशासन सभाको संयोजक गणेश चाम्लिङले युगपुरुष अमर ड गोपाल गुरुङज्यु को शिष्य भएर संगठनमा काम गर्दा संगालेको अनुभव र ज्ञानहरु बाढ्दै अहिले संगठनमा संघर्ष गर्दै अगाडि बढिरहेका सम्पुर्ण नेता कार्यकर्ताहरुमा उर्जा साथै उत्प्रेरणा प्रदान गर्नुभयो त्यसैगरी कार्यक्रमको अर्को विशेष अतिथी केन्द्रिय सर्वोच्च सभाको सदस्य श्याम लिम्बुले मुलबासी मंगोलहरु राजनीतिक रुपमा चेतनशील बनेर यो देशको मालिक हुन गोपाल गुरुङले लेख्नुभएको पुस्तकहरु खोजी खोजी अध्ययन गर्न अनुरोध गर्नुभयो भने उक्त सभाको अतिथी केन्द्रिय सर्वोच्च सभाको सदस्य रिन्छेन तामाङले यो देशमा युगपुरुष अमर ड गोपाल गुरुङले चहानुभएको उदारवाद लोकतान्त्रिक मुलुक बनाउनको लागि अब मुलबासी मंगोलहरु बौद्धिक रुपमा चेतनशील भइ आवेश र उत्तेजनाहरु त्यागेर अग्रसर हुन आह्वान गर्दै बन्दसत्रबाट निर्वाचित पदाधिकारीहरुलाइ शुभकामना व्यक्त गर्नुभयो।

प्रथम काभ्रे जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा कमल तामाङ

त्यसैगरीअन्य अतिथिहरु केन्द्रिय सभाका सदस्यहरु प्रेम माया तामाङ,मेन लामा तितुङ,प्रेम छिरी शेर्पा, धनमाया तामाङ,शान्त कुमार मगर,बागमती प्रदेश सभाको सचीव राजेन्द्र तामाङ,प्रचार सचीव सालिकराम मगर,सदस्य कर्म तितुङ,गण्डकी प्रदेश सभा सल्लाहकार देव थापा मगर,धादिङ जिल्लाध्यक्ष,नुवाकोट जिल्लाध्यक्ष,रसुवा जिल्लाध्यक्ष,लमजुङ जिल्लाध्यक्ष,सिन्धुपाल्चोक जिल्लाध्यक्ष,रामेछाप जिल्लाध्यक्ष,लगायत धेरै जिल्लाको प्रतिनिधिहरुको उपस्थिती थियो भने काभ्रे जिल्लाको विभिन्न स्थानीय सभाको पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो।हिजोको बन्दसत्रबाट कमल तामाङको अध्यक्षतामा 20 सदस्यीय पदाधिकारीहरु निर्वाचित भएको हो सचीवमा सन्देश घिसिङ,कोषाध्यक्ष अचम्म लामा,सहसचिव शान्ति लामा,प्रचार सचीव सानुकान्छ तामाङ,सदस्यहरु पासाङ नुर्बु तामाङ,प्रीना तामाङ,लवाङ तामाङ,सनमकुमार तामाङ,चितकाजी तामाङ,चन्द्र लामा,जनक तामाङ,शन्त बहादुर तामाङ,अक्कल तामाङ,राजु तामाङ,बिकुलाल तामाङ,चितमाया तामाङ,बिछोड तामाङ,प्रवीण तामाङ,छाया तामाङ र सल्लाहकार भरत तामाङ सर्वसहमती निर्वाचित भएको हो।जिल्लासभाको नवनिर्वाचित कोषाध्यक्ष अचम्म तामाङले स्वागत मन्तव्य राखेको हो भने प्रदीक्षा तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्