बिहिबार 23 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम कानेपोखरी गाउँसभा अधिबेशन सम्पन्न

mongolvision | 30 जनवरी 2022

प्रथम कानेपोखरी गाउँसभा  अधिबेशन सम्पन्न


मोरङ / मंगोल नेशनल अर्गनाइजेशन कानेपोखरी गाउँ सभाको प्रथम अधिवेशन कानेपोखरी -५ स्थित युवा कञ्चन क्लबको सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम  अधिबेशन मुल आयोजक सभाका संयोजक सुरेन्द्र धिमालको  सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रीय सदस्य सुरज  प्रमुख आतिथ । कार्यक्रममा विशिष्ट अतिथि १ नं. प्रान्तीय सभा सदस्य शिव कुमार राई रहनुभएको थियो ।  
        कार्यक्रममा अतिथिहरु केराबारी गाउँसभा अधिवेशन मूल आयोजक सभाका संयोजक अनु राई, मिक्लाजुङ गाउँसभाका सचिव लाल बहादुर मगर, उर्लाबारी नगरसभा अध्यक्ष मोहन बहादुर राई, पथरीशनिश्चरे नगरसभा अध्यक्ष पुनम राई, मोरङ जिल्ला सभाका सदस्यहरु घिम लिम्बू र अविनाश राई, मोरङ जिल्ला सभा अध्यक्ष विकेन वान्तवा, १ नं. प्रान्तीय सभा सदस्य सोम तामाङ र विशिष्ट अतिथि शिव कुमार राइले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फोम्बोले मूलबासी मंगोलहरुको हक, अधिकार र अस्तित्व प्राप्तिको साथि भावी पिँढिको उज्वल र सुनुश्चित भविष्यको निम्ति अन्तिम विकल्प भनेकै मंगोल नेशनल अर्गनाइजेशन भएकाले निकट भविष्यमा आउने चुनावमा कुखुराको भाल्व्मा मतदान गर्नुपर्ने कुरालाई जोड दिनुभयो । 
        उक्त अधिबेशनको बन्द सत्रबाट सुरेन्द्र धिमालको अध्यक्षतामा २५ सदस्यीय कानेपोखरी गाउँसभा गठन भएको छ । सचिब, कोषाध्यक्ष, सहसचिव क्रमशः  खड्ग ब घले, सुरेश गुरुङ र  कर्ण बहादुर तामाङ रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा लिला बहादुर  घले,पुर्न बहादुर गुरुङ,कर्ण बहादुर राई,लिला बहादुर तामाङ,प्रेम कुमार राई,युवराज घले,रत्न बहादुर गुरुङ,गोबिन्द धिमाल,पुर्णमाया गुरुङ,छिरिङ लामा गुरुङ,भिम बहादुर तामाङ,रत्न बहादुर तामाङ,सरस्वती तामाङ,उत्तम बिक्रम घले,हिरालाल घले,पिता गुरुङ,राजकुमार धिमाल रहनुभएको छ भने सल्लाहकारहरु गङ्गा राई,गोपाल राई,डिक बहादुर राई , गणेश धिमाल रहनुभएको छ । उक्त कार्यक्रममा स्वागत मन्तब्य कानेपोखरी गाउँसभा अधिबेशन मुल आयोजक सभाका सल्लाहकार सदस्य डिक बहादुर राईले राखेका थिए भने सचिव खड्ग घलेले कार्यक्रम सन्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्