बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रथम पालुङ्टार नगर अधिवेशन सम्पन्न

Mongol Vision News | 14 मार्च 2020

प्रथम पालुङ्टार नगर अधिवेशन सम्पन्न

गोरखा/ एमएनओ जिल्ला सभा गोरखा पालुङटार नगरपालिकामा एमएनओ पालुङ्टार नगर सभाको प्रथम अधिवेशन भव्य र सभ्यताको साथ सम्पन्न भएको छ ।

    13 मार्च 2020  शुक्रबारको दिनमा मंगोल नेशनल अर्गनाइजेशन प्रथम एतिहासिक पालुङटार नगर सभाको अधिवेशनको मुलआयोजक सभाका संयोजक रिन्छेन लामा तामाङ ज्युको सभाधक्ष्यता र मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य सोम गुरुङ ज्युको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अधिवेशनमा विशिस्ट अतिथिको रुपमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार देव थापा मगर हुनुहुन्थ्यो । साथै अन्य अतिथिहरुमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको तेस्रो एतिहासिक जिल्ला अधिवेशनको मुलआयोजक सभाका सदस्यहरु शेर बहादुर गुरुङ, तेम्बा ग्याल्जेन, राम लामा, एमएनओ गोरखा नगरपालिका सभाको प्रथम एतिहासिक नगर अधिवेशनका संयोजक दिनेश थापा मगर र एमएनओ आबुखैरेनी गाउँ सभाका सल्लाहकार याम बहादुर गुरुङ हुनुहुन्थ्यो । अधिवेशनको बन्दसत्रबाट रिन्छेन लामा तामाङज्युको अध्यक्षतामा निर्विरोधरुपमा 17 सदस्यीय मंगोल नेशनल अर्गनाइजेशन, पालुङटार नगर सभा मनोनयन भएको छ । सचीवमा रुद्र बहादुर तामाङ हुनुहुन्छ भने अन्य सदस्यहरुमा मान बहादुर तामाङ, फुल बहादुर तामाङ, दिल बहादुर तामाङ, काइला सि. तामाङ, सुवर्ण तामाङ, लिला तामाङ, विकास तामाङ, उर माया तामाङ, देउ बाहादुर लामा तामाङ, बम बहादुर तामाङ, रुत माया तामाङ सुक जङ तामाङ, भेक बहादुर तामाङ, सम्झाना तामाङ र राम लामा तामाङ हुनुहुन्छ ।

    उपस्थित हुनुहुने अतिथिज्युहरुलाई शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नुभएको थिए । विशिष्ट अतिथि थापाज्युले भन्नु भयो, " वर्तमान परिवेशलाई हेर्दा नेपालमा असली स्वच्छ राजनितीको आवश्यकता आर्यन क्षेत्री बाहुनहरु जो सत्तामा लोकको रक्षक होइन भक्षक भएर क्षमताले भ्याएसम्म लुटेका छन् तिनलाई पत्ता साफ गरेर असली लोकतान्त्रिक शासन प्रणाली संस्थागत गर्न सकिन्छ ।" त्यसरी नै प्रमुख अतिथी गुरुङज्युले मानव अस्तिव प्राप्ती सँगै शताब्दीऔंदेखि माम, काम र दामको लागि २० प्रतिशत हिन्दु आर्यन बाहुन क्षेत्रीहरुको दमन, शोषण तथा अत्याचारमा मृतजस्तै पशु सरह बाच्न बाध्य बनाइएका ८० प्रतिशत अहिन्दु मूलवासी मंगोलहरु आफ्नो देशको शासन सत्ता चलाउन तयारी अवस्थामा रहनुपर्ने बताउनु भएको थियो । यसरी नै वहाँले युग पुरुष डा.गोपाल गुरुङ ज्युले यो देशका मूलवासीको लागि गर्नु भएको त्याग, तपस्या र बलिदान हाम्रा लागि अत्यन्तै मुल्यवान रहेको र उहाँप्रती सधैं श्रद्दा गरि मंगोल राष्ट्रवाद र मंगोल नेशनल अर्गनाइजेशनलाई जिवन्त राख्नुपर्ने कुरालाई जोड दिनुभयो । उक्त अधिवेशनको खुल्ला सभाको कार्यक्रम सञ्चालन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको तेस्रो एतिहासिक जिल्ला अधिवेशनका सचीव कृष्ण कुमारी घले श्रेष्ठ ज्युले गर्नु भएको थियो र स्वागत मन्तव्य विकास तामाङ ज्युले दिनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्