Mongol viaion | 12 सेप्टेम्बर 2021
झापा/ मंगोल नेशनल अर्गनाइजेश प्रवास सभा कतार द्वारा पुर्व अध्यक्ष मृतक अर्जुन स्याङ्बोको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
गत 9 सेप्टेम्बरका दिन कतारका पुर्व अध्यक्ष अर्जुन स्याङ्बोको झापाको दमक स्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । मृतक अर्जुन स्याङ्बोले प्रवास सभा कतारमा रहनु हुँदा सन् २०१८ -१२-१२ देखि २०२० जनवरी १७ तारिख सम्म कतार सभाको अध्यक्षता सम्हाल्नु भएको थियो । वहाँले प्रवास सभा कतारमा रहँनु हुँदा संगठन प्रती पुर्याउनु भएको योगदानलाई उच्च मुल्यांकन गर्दै प्रवास सभा कतारले वहाँको परिवारलाई सहयोग स्वरुप पचास हजार आर्थिक सहयोग प्रदान गरेको छ । मंगोल भिजन संगको कुराकानीमा कतारका प्रचारप्रसार सचिव विनोद सेरपुजा मगरले पुर्व अध्यक्ष अर्जुन स्याङ्बोको सम्झना र योगदानको उच्च कदर गर्दै आर्थिक सहयोग गरेको बताउनु भयो । अर्जुन स्याङबोले प्रवास सभा कतारलाई पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै वहाँको नाममा कतार सभाले शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम समेत गरेको थियो ।
ReplyForward |
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology