शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रवास सभा कतारले पुर्व अध्यक्ष मृतक अर्जुन स्याङ्बोको परिवारलाई आर्थिक सहयोग

Mongol viaion | 12 सेप्टेम्बर 2021

प्रवास सभा कतारले पुर्व अध्यक्ष मृतक अर्जुन स्याङ्बोको परिवारलाई आर्थिक सहयोग

झापा/  मंगोल नेशनल अर्गनाइजेश प्रवास सभा कतारले पुर्व अध्यक्ष मृतक अर्जुन स्याङ्बोको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
         गत 9 सेप्टेम्बरका दिन कतारका पुर्व अध्यक्ष अर्जुन स्याङ्बोको झापाको दमक स्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । मृतक अर्जुन स्याङ्बोले प्रवास सभा कतारमा रहनु हुँदा सन्  २०१८ -१२-१२ देखि २०२०  जनवरी १७ तारिख सम्म कतार सभाको अध्यक्षता सम्हाल्नु भएको थियो । वहाँले प्रवास सभा कतारमा रहँनु हुँदा संगठन प्रती पुर्याउनु भएको योगदानलाई उच्च मुल्यांकन गर्दै प्रवास सभा कतारले वहाँको परिवारलाई सहयोग स्वरुप पचास हजार आर्थिक सहयोग गरेको छ ।  प्रवास सभा कतारका प्रचारप्रसार सचिव विनोद सेरपुजा मगरले मंगोल भिजन संगको कुराकानीमा पुर्व अध्यक्ष अर्जुन स्याङ्बोको सम्झना र योगदानको उच्च मुल्यांकन कदर गर्दै  आर्थिक सहयोग गर्नुभएको बताउनु भयो । प्रवास सभा कतारले  वहाँले प्रवास सभा कतारलाई  पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै वहाँको नाममा शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम समेत गरेको थियो ।

ReplyForward

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्