शनिबार 18 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रवास सभा कतारमा युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको तेस्रो स्मृती सभा सम्पन्न

Mongol Vision News | 16 जून 2019

प्रवास सभा कतारमा युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको तेस्रो स्मृती सभा सम्पन्न

काठमाण्डौं/ मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारले युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको तेस्रो स्मृती सभा मनाएको छ । MNO प्रबास सभा कतारले माहापुरुष डा. गोपाल गुरुङ ज्युको तेस्रो स्मृति दिवस साथै प्रशिक्षण कार्यक्रम गर्नुका साथै सम्पुर्ण कार्यसभाका मित्रहरूलाई संघठनको प्रमाणपत्र र ID बितरण कार्य सु-सम्पन्न भएको छ ।"

 

        १४ July का शुक्रबारको दिन दोहा कतारको Dhaka Vip रेष्टुरेन्ट हलको सभा हलमा मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा कतारको आयोजनमा युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रमको बीच दुई जना जुझारु मंगोल शुभचिन्तक लिल बहादुर पुन मगर र मिम बहादुर दमाईलाई सदस्य पदमा मनोनीत गरेको थियो । त्यस्तै सम्पुर्ण प्रवास कतारको कार्यसभामा रहनुहुने जुझारु मंगोल मित्रहरूलाई संघठनको तर्फबाट प्रमाणपत्र साथै सांगठनिक सदस्यता कार्ड बितरण गरिएको थियो । प्रवास सभा अध्यक्ष अर्जुन स्याङ्बो तामाङको अध्यक्षतामा समपन्न कार्यक्रम सहसचिव देबेन्द्र गर्बुजा मगर ज्युले सन्चालन गर्नुभएको थियो ।

युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युलाई सम्झिनु हुँदै उहाँको कठोर त्याग तपस्या र बलिदानबाट स्थापना गरिदिनु भएको मंगोल नेशनल अर्गनाईजेशन अब मरेर नजाने कुराको जिकिर अध्यक्ष तामाङ ज्युले गर्नु भयो । यसैगरी युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको भौतिक शरीर  बितेर गएता पनि हामि ८०% अहिन्दू मूलवासी मंगोलहरुको मुक्तिको निमित्त प्रतिपादन गरिदिनु भएको उहाँको झररो सिद्धान्त र दर्शन कहिल्यै नमर्ने कुरा बताउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्