बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रवास सभा मेघालय भारतमा २७ औं विश्व मूलवासी दिवस सम्पन्न

mongol vision | 10 अगस्ट 2021

प्रवास सभा मेघालय भारतमा २७ औं विश्व मूलवासी दिवस सम्पन्न

झापा/ 9 अगष्ट 2021 को दिन पमसुन्दरमा प्रबास सभा मेघालयले मिता मोक्तानको अध्यक्षतामा २७ औं विश्व मूलबासी दिवस समारोह मनाएको छ ।

२७ औं विश्व मूलवासी दिवस कार्यक्रमलाई भोट्मान राइले सञ्चालन गरेको थियो । संगठनको औपचारिकता अनुसार महामानव सिदाहा बुद्ध र युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युको तस्वीरमा खादा अर्पण साथै पाँच क्रान्ति स्वरुप दिप प्रज्वलन गरि अध्यक्ष मिता मोक्तान ज्युले कार्यक्रम सुरु गर्नुभएको थियो । यसैगरी युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युको सम्झनामा १ मिनेट मौन धारणा र प्रवास सभा मेघालयका प्रचार प्रसार सचीब डम्बर अम्बुलेको छोरी नानू अम्बुलेलाई हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै एक मिनट मौन धारण गरे पछि कार्यक्रमलाई अघि सारिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मंगोल चेली हिरा राई ज्युले राख्नु भएको थियो ।

कार्यक्रममा अतिथीहरु जोना लिम्बू, सनम लिम्बू , सरस्वती राई, दिप तामाङ, मेघराज मगर, फुल कुमार राई, ईन्द्र श्रेष्ठ ज्युले आ-आफ्नो मन्तव्य दिनु भएको थियो । प्रवास सभा मेघालयको सचिव अर्जुन राईले पनि आदिवासी जनजाति बनाउनुको उद्धेश्य प्रष्ट पार्नु भयो । यसैगरी प्रवास सभा मेघालयको सल्लाहकार मिसन राई ज्युले विशेष अतिथीको भुमिका निभाउनु हुदै मुलबासी र आदिबासी शब्दलाई प्रष्टाउनु भएको थियो भने कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मिता मोक्तान ज्युले उक्त सभामा उपस्तिथी मंगोल योद्धा मित्रहरुलाई धन्यवाद प्रदान गर्नुहुदै २७ औं विश्व मूलवासी दिवसको शुभकामनाका साथ सभालाई विसर्जन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्