सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रवास सभा साउदिमा पुनः धावा लामा

Lassim Hang Mongol | 8 जनवरी 2019

प्रवास सभा साउदिमा पुनः धावा लामा

काठमाडौं/  मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा साउदिको अध्यक्षतामा पुन: धावा लामा सर्वसहमतिले चयन हुनु भएको छ ।
जनवरी ४ तारिखका दिन साउदिको राजधानी रियादमा सम्पन्न भएको प्रवास सभा साउदिको दोश्रो अधिवेशनले लामाको अध्यक्षतामा नौं सदस्यीय प्रवास सभा साउदी सर्वसहनतिमा चयन गरेको छ । प्रवास सभा साउदिको सचिव, कोषाध्यक्ष, सहसचिव, प्रवक्ता र प्रमुख प्रचारप्रसार सचिवमा क्रमशः कृष्ण कुमार लिम्बू, तारा कुमार तामाङ, निरोज लामा, सुकमाया मोक्तान र सिपि घिसिङ छन् । यस्तै जविन लामा र राजन तामाङ सल्लाहकारमा चयन भए ।
धावा लामाको सभाध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा सिपि घिसिङ र विशिष्ट अतिथिमा कृष्ण कुमार लिम्बू थिए । निरोज लामाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम जबिन लामाले कार्यक्रम सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्