आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

प्रवाससभा जापानमा पनि ३१औं स्थापना दिवस

Mongol Vision News | 3 जनवरी 2020

प्रवाससभा जापानमा पनि ३१औं स्थापना दिवस

जापान / मंगोल नेशनल अर्गनाइजेशन प्रवाससभा जापानको राजधानी टोकियो मा पनि मंगोल नेशनल अर्गनाइजेशनको ३१औं स्थापना दिवस भब्य रुपमा सम्पन्न भएको छ ।

      टोकियोमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी सुर्यमान गुरुङ हुनुहुन्थ्यो भने कार्यक्रम को संचालन एमएनओ प्रबास सभा जापानका सचिब एकराज पुनले गर्नु भएको थियो । उक्त कार्यक्रममा निम्न अतिथिरुको उपस्थिति रहेको थियो ।

(1) सचिब- एकराज पुन मगर (2)प्रमुख- अतिथी- सुर्यमान गुरुङ्ग (3)तेकराज पुन मगर (4)वीर बहादुर घर्ती मगर (5)मेख पुन मगर (6) धन प्रसाद गुरुङ्ग (7) गंगा रोका मगर (8)लोक बहादुर सुनार (9) सम बहादुर राना मगर (10) लाल घले गुरुङ ( 11) मन बहादुर रोका मगर (12) बिनोद लिम्बू कार्यक्रममा प्रवास सभा जापनका सचीव एकराज पुन मगरले भन्नुभयो "अस्तित्व बिहिन बाच्नु भनेको दासता स्विकार्नु हो ! पशु तुल्य बाच्नु हो ! रानैतिक शक्ति भनेको सबै खालको बन्द ढोका खोल्ने चाबी हो - political power is the master key of all locks . नेपालमा साम्राज्यबादी हिन्दु आर्यन बाहुन क्षेत्रीहरु बाट संचालित जुन सुकै पार्टी भए ता पनि त्यस्को नाम झण्डा र नारा मात्रै फरक हुन्छ ! परन्तु तिनीहरुको मुल लक्ष्य एउटै हुन्छ हामी अहिन्दु मुलबासी मंगोललाई हनुमान र खेताला बनाउनु जुझाउनु फुटाउनु परस्परमा लडाइँ भिडाउनु अनि हामिलाई पतन गराउनु , अत अब हाम्रो उन्नतिको उपाय एकमात्र उपाय हो - हाम्रो साझाघर मंगोल नेशनल अर्गनाइजेशनमा जुट्नु साझा सत्त्रु चिन्नु चिनाउनु र धैर्यशिल बनी वैचारिक लडाइ लड्न सक्नु ,अब एउटा धार्मिक र निर्णयक लडाइँ लड्नु छ, मुक्तिको लडाइँ लड्नु छ, उठौं र अघि बढौ अब हामीलाई रोक्न सक्ने छेक्ने संसारमा कुनै शक्ति छैन । हामिलाई छेक्न सक्ने कुनै खोलानाला छैन ! हामिले चढ्न नसक्ने कुनै पहाड पर्वत छैन ! हामिमा केबल हिम्मतको कमि छ ! भाबी सन्ततिप्रतीको मायाको कमि छ , यसर्थ हामी सदाभर बलिको बोका नबनौ मानव अस्तित्व मा बाच्न सिकौ हिन्दु आर्यन बाहुनक्षेत्रीहरुको साम्राज्यवादि बर्ण भेदी साम्प्रदायिक अधिनायकबादी बन्धन बाट मुक्त बनौ र 80% अहिन्दु मुल्बासी मंगोलहरु एक ढिका भएर अघि बढ्नु अहिलेको राष्ट्रिय आवश्यकता हो "

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्