Anita Thapa Mongol | 9 अगस्ट 2019
09 August,2019
मंगोल नेशनल अर्गनाइजेसन पुतली नगर सभा स्याङ्जाको आयोजनामा स्याङ्जाको बाडखोलाप्रगति नगर मगर समाजको भवनमा नगर अध्यक्ष अमृत थापा मगरको सभाधक्ष्यतामा र गण्डकी प्रदेश सभाका अध्यक्ष नवीन गुरुङ्ज्युको प्रमुख आतिथ्यतामा २५ औं विश्व मुलवासी दिवस सभ्य र भव्य रुपमा मनाउन सफल भएको छ । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रवास सभाका मौसमी घर्ती मगर हुनुहुन्थ्यो र अन्य अतिथिहरुमा नेपाल मगर संघ स्याङ्जा जिल्लाका इन्चार्ज दिलिप थापा , वृद्ध मुलवासी पुर्व प्रहरी पुर्ण बहादुर आले मगर हुनुहुन्थ्यो ।प्रमुख अतिथिज्युले मुलवासी दिवसको शुभकामना व्यक्त गर्दै विश्वमा छरिएर रहेका मुलवासीको हक अधिकारका लागि योगदान दिने ग्वाटेमालाका रिगोवेर्टा मेन्चु र मुलवासी मंगोलको लागि युगपुरुष डा. गोपाल गुरुङ ज्युले गर्नुभएको त्याग र तपस्या जोड दिनु भयो ।उहाँले हाम्रै अनुहारका मुलवासीहरु केही स्वार्थ पुर्तिका लागि आफुले आफुलाइ आदिवासी भन्न गर्व गरेको पनि बताउनु भयो ।त्यस्तै सन् 1993 मा अस्ट्रियाको भियनामा जुन14-25 सम्म भएको सम्मेलन मा तत्कालीन प्रधानमन्त्री सहभागी भएर मुलवासीको नाममा झुटो रिपोर्ट बुझाएर UN बाट नेपालका मुलवासीलाई आउने धन आदिवासी जनजाति भन्दै उफ्रेर हिड्नेलाइ केही दिई अरु बाहुन क्षेत्री आफैले कुम्ल्याएको समेत बताउनु भयो ।उहाँले आदिवासी जनजाती र मुलवासी बिच भिन्नता देखाइ हामि आँखा चिम्से र नाक थेप्छे हरुलाइ आफ्नो इतिहास पल्ट्याएर अब आफुले आफुलाइ मंगोल भनि गर्व गर्न जोड दिनु भयो । कार्यक्रममा अन्य अतिथिहरुले नि मन्तब्य राख्नु भयो ।यसै अबसरमा नगर सभालाई सहयोग गर्ने सम्पुर्णलाई र नयाँ नगर सद्स्य लाल ब. गुरुङलाइ प्रमुख अतिथिबाट सम्मान गरियो ।सन्चालन सचिव नारान कुमार गुरुङले गर्नुभयो।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology