आइतबार 13 जूलाई 2025

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पृथी मुखियाको परिवार लाई समबेदना प्रत्र हस्तान्तरण

mongolvision | 16 जून 2025

पृथी मुखियाको परिवार लाई समबेदना प्रत्र हस्तान्तरण


इलाम / मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सभाले ऎतिहासिक  मंगोल गायक पृथी मुखियाको परिवार लाई समबेदना प्रत्र हस्तान्तरण गरेको छ ।
सोमबार इलामको सुयोदय नगर पालिका ९ ढोढेमा रहेको मृत्तक मुखियाको घरमा पुगि संगठनका प्रेसिडेन्ट बुद्ध लाल मेचेले परिवार लाई उक्त समबेदना पत्र हस्तान्तरण गर्नु भएको हो । संगठनको स्थापना काल देखि नै आफ्नो गायकी माफत मंगोल मुक्तिको अभियानमा सकृय भएर लागि रहनु भएका पृथी मुखिया एम एनओका संस्थापक प्रेसिडेन्ट महामानव ड गोपाल गुरुङ को समेत रोजाइमा पर्नु भएको गायक हुनुहुन्थ्यो भने उहाँ सगै इलाम र झापाको विभिन्न स्थानहरुमा सम्पन्न भएको मंगोल कार्यक्रमहरुमा सहभागी भइ मंगोल जनचेतना फैलाउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु भएको थियो ।
ऎतिहासिक गायक मुखियाको जेठ २४ गते असामहिक निधन भएको थियो । समबेदना हस्तान्तरण कार्यक्रममा संगठनका केन्द्रीय सह सचीव सान बा मेचे , प्रवक्ता रिन्छेन तामाङ , प्रचार प्रसार सचिव श्याम लिम्बू ,सर्बोच्च सभा सदस्यहरु दिलिप धिमाल , राज कुमार गुरुङ , चन्द्र  बान्तवा, केन्द्रिय सदस्यहरु प्रदीक्षा तामाङ याम कुमार श्रेष्ठ , कर्मा तामाङ ,राज कुमार लावती ,गण्डकी प्रान्तीय सभा सचीव नवीन घले , गोर्खा जिल्ला सभा सदस्य सिखु घले , नुवाकोट जिल्ला सदस्य जुनु तामाङ , रोशिकला तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रिय प्रवक्ता रिन्छेन तामाङले समबेदना पत्र बाचन गर्नु भएको थियो भने सोही अवसरमा एम एनओ प्रबास सभा अमेरिका का अध्यक्ष ङिमा वान्चुक शेर्पाले मृत्तक मुखियाको परिवार लाई रु  २५ हजार पठाउनु भएको  आर्थिक सहयोग समेत हस्तान्तरण गरिएको थियो ।

पृथी मुखियाको परिवार लाई समबेदना प्रत्र हस्तान्तरण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्