बिहिबार 2 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पैयु गाँउपालिकामा एम.एन.अाे .काे प्रशिक्षण

Baneera Mongol Meche | 25 जनवरी 2019

पैयु गाँउपालिकामा एम.एन.अाे .काे प्रशिक्षण

पर्वत / मंगाेल नेशनल अर्गनाइजेसन पर्वत जिल्लाको पैयु गाउपालिकामा मुलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जनवरी २२ का दिन पैयु गाउपालिका वडा नं. २ चिन्डिखर्क पर्वत जिल्लामा बालकिसान रानामगरको अध्यक्षता साथै संगठनका केन्द्रिय सदस्य तथा केन्द्रिय सचिवालय सचिव रिन्क्षेन दोर्जे तामाङकाे प्रमुख आतिथ्यतामा एकदिने मुलबासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा संगठनका केन्द्रीय सदस्यहरु सोम बहादुर गुरुङ, आयुष बि.क. मंगोल,शोभा राना मगर, गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङ ,स्याङ्जा जिल्ला सभा सदस्यहरू भद्र गुरुङ,सुकमाया गुरुङ लगायतको आतिथ्यता रहेको थियो। मुलबासी मंगोलहरुको उल्लेखनीय रहेको कार्यक्रमलाई संगठनका केन्द्रिय सदस्य आयुष बि.क. मंगोलले मंगोल अस्तित्व,युग पुरुष अमर डा.गोपाल गुरुङ ज्युको मंगोल दर्शन र एमएनओको राजनैतिक सिद्धान्तको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको कार्यक्रममा केन्द्रिय सदस्यहरु सोम बहादुर गुरुङ र सोभा राना मगर लगायतले पनि सम्बोधन गर्नुभएको थियो।साथै उक्त प्रशिक्षण कार्यक्रम कै अवसरमा नेत्र बहादुर राना मगरको अध्यक्षतामा १३ सदस्यीय एमएनओ पैयु गाउपालिका सभा गठन पनि भएको छ। कार्यक्रममा संगठनका केन्द्रिय सदस्य रिन्क्षेन दोर्जे तामाङ द्वारा सम्बोधन साथै नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने उक्त कार्यक्रमलाई गण्डकी प्रदेश सचिव महेन्द्र दर्लामी मगरले सन्चालन गर्नु भएको थियो।

पैयु गाँउपालिकामा एम.एन.अाे .काे प्रशिक्षण

त्यस्तै जनवरी २३ का दिन मंगोल नेशनल अर्गनाइजेसन पर्वत जिल्ला पैयु गाउपालिकाको आयोजनामा दिपक राना मगर को अध्यक्षता तथा संगठनका केन्द्रिय सदस्य साथै केन्द्रिय कार्यलय सचिवालय सचिव रिन्क्षेन दोर्जे तामाङको प्रमुख आतिथ्यतामा पैयु गाउपालिका वडा नं. २ वडा सभा गठन भएको छ।जसको अतिथिहरुमा संगठनका केन्द्रीय सदस्यहरु सोम बहादुर गुरुङ र सोभा राना मगर लगायतको आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रम दिपक राना मगर को अध्यक्षतामा १३ सदस्यीय पैयु गाउपालिका वडा नं. २ वडा सभा गठन भएको छ।जसको सचिव,कोषध्यक्ष र सहसचिव क्रमश: मोहन राना मगर,आकृती थापा मगर र सुमन सुनार रहेका छन,त्यस्तै सदस्यहरुमा बिनोद श्रेष्ठ,चिराकदिन मिया,रजनी राना मगर,पिताम्बर राना मगर,सागर राना मगर,सुस्मिता राना मगर रहेको छ्न ।नवगठित पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रिन्क्षेन दोर्जे तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रम सन्चालन गण्डकी प्रदेश सभा सचिव महेन्द्र दर्लामिले गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्