मङ्गलबार 21 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

परिचयात्मक प्रशिक्षण तथा पद पुर्ती कार्यक्रम सम्पन्न

प्रदीक्षा तामाङ | 13 नोभेम्बर 2020

परिचयात्मक प्रशिक्षण तथा पद पुर्ती कार्यक्रम सम्पन्न

मंगोल नेशनल अर्गनाइजेसन म्यागङ गाउँपालिका सभाको आयोजनामा मिति 2020 नोभेम्बर 13(2077/07/28) तारीख,फलाटेमा MNO म्यागङ पालिका सभा अध्यक्ष सन्त बहादुर तामाङको सभाध्यक्षता र केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा परिचयात्मक प्रशिक्षण तथा पद पुर्ती कार्यक्रम सम्पन्न गरियो।प्रमुख अतिथि तामाङले उक्त सभालाइ सम्बोधन गर्दै नजिकिदै गरेको मुलबासी मंगोलहरुको महान चाड बलिहाङ पर्वको शुभकामना दिनुभएको थियो भने अतिथिहरु जिल्ला सभाको सचिब प्रदीक्षा तामाङ र सदस्यहरु मम्बिल तामाङ ,विष्णु तामाङले प्रशिक्षणात्मक मन्तव्यहरु राख्दै दिपेश राइले मानव उत्पत्तिबारे बताउनुभयो। म्यागङ वडा नं ६ को अध्यक्ष शुक्रे तामाङ म्यागङ पालिका सभामा निर्वाचित भए पछाडि रिक्त रहेको पदमा आजको प्रशिक्षण पश्चात् मोहन तामाङ मनोनीत भए संगै न्युरुङ तामाङ,आइसिङ तामाङ र सुमन तामाङ सदस्यमा थपिएको छ।कार्यक्रममा मोहन तामाङले स्वागत मन्तव्य राखेको हो भने कार्यक्रम जिल्ला सदस्य उमा तामाङले संचालन गरेको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्