शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पत्रकार सम्मेलनमा अधिवेसनको यात्रा बारे चर्चा

mongolvision | 8 डिसेम्बर 2021

पत्रकार सम्मेलनमा अधिवेसनको यात्रा बारे चर्चा

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाले आफनो प्रथम  बाग्मती प्रान्तीय अधिबेशनको बारेमा जानकारी दिने उदेश्यले  गत  सनिवार काठमाडौको  मनमैजु स्थित ग्यालेक्सी भ्याली क्याफे रेस्टुरेन्टमा  पत्रकार सम्मेलन सम्मन्न  भएको छ ।
   प्रथम बाग्मती प्रान्तिय अधिबेशन मुलआयोजक सभाका संयोजक राजेन्द्र तामाङले कार्यक्रममा सहभागी पत्रकारहरुको जिज्ञासालाइ सम्बोधन गर्दै अधिबेसनको तयारि तिब्र गतिले अगाडी बढिरहेको  जानकारी गराउनुभयो। देश भरिको मूलवासी मंगोलहरुलाई जुझारु र चेतनापूर्ण  बनाउने  तथा मंगोल मुक्तिको यात्रामा हातेमालो गर्न सहज बनाउने उदेश्य साथै कार्यक्रममा उपस्थित हुने सबै जिल्लाको केन्द्रविन्दुलाइ ध्यानमा राखेर महादेबेसिमा कार्यक्रम स्थल तोकिएको तामाङले जानकारी दिनुभयो । मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाले आफ्नो   प्रथम  अधिबेशन संगठनको ३३ औ स्थापना दिवसको अवसर पारेर  आउदो  १ जनवरी २०२२ अर्थात पुस १७ गते धादिङ को महादेबेशी बजारमा गर्न सबैको साथ चाहिने भन्दै संयोजक तामाङले देश र प्रदेशमा रहनु भएका सम्पूर्ण नेता ,कार्यकर्ता  र सुभचिन्तकहरुलाई आफुले सकेको नैतिक ,आर्थिक र भौतिक रुपमा सहयोगका लागि अपिल गर्नुभएको छ।

पत्रकार सम्मेलनमा अधिवेसनको यात्रा बारे चर्चा

उक्त  पत्रकार सम्मेलनमा संगठनका नेता ,कार्यकर्ता ,सुभचिन्तक र विभिन्न संचार मध्यमबाट पत्रकारहरुको उल्येख्य उपस्थिति रहेको थियो। मंगोल भिजन राष्ट्रिय साप्ताहिक,मंगोल अनलाइन टिभी ,गुर्खास अनलाइन टिभी ,एफआर अनलाइन टिभी ,बुद्धभुमि अनलाइन टिभी ,इन्सुमा  अनलाइन टिभी ,बुद्धचित्त अनलाइन टिभी लगायत अन्य विभिन्न मिडियाहरुबाट पत्रकारहरुको उपस्थिति रहेको थियो। देश मंगोलमय बन्दै आइसकेको हुनाले  अबको पुस्ताले मंगोल नेसनल अर्गनाइजेसनलाई नबुझी नहुने बेला आएको र शुद्ध मन ,कर्म  अनि संकल्पका साथ  कार्यक्रममा उपस्थीत हुन जोड दिदै तामाङले मंगोल मुक्तिको दौडानको जगमा दुरदर्शिता ,दृढता,आफ्नोपनको इट्टा थप्न आह्वान गर्नुभएको छ। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्