मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पत्रकारीता तथा लिडरशिप सम्बन्धि प्रशिक्षण कार्यक्रम शुरु

Mongol Vision News | 22 डिसेम्बर 2019

पत्रकारीता तथा लिडरशिप सम्बन्धि प्रशिक्षण कार्यक्रम शुरु

काठमाडौ / मंगोल भिजन राष्ट्रिय साप्ताहिक छापा पत्रीका तथा अनलाइनको आयोजनामा संचालन हुन गइरहेको ७ दिने पत्रकारीता तथा लिडरसिप सम्बन्धि अभ्यास तथा प्रशिक्षण कार्यक्रम आजबाट शुरु भएको छ ।

     मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सभा काठमाडौको नयाँ बस पार्क स्थित केन्द्रीय सभाको सभाहलमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रमका अध्यक्षता मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाका प्रमुख समाचारदाता लासिमहाङ्ग मंगोलले गरेका थिए भने कार्यक्रमको उद्घाटन मंगोल नेशनल अर्गनाइजेशन केेेन्द्रीय सभाका वरिष्ठ केन्द्रीय सदस्य लामा थुप्तेन सेर्पाले गर्नुभएको थियो ।

पत्रकारीता तथा लिडरशिप सम्बन्धि प्रशिक्षण कार्यक्रम शुरु

 

 

     तत्कालीन पत्रकारिता तथा नेतृत्व सम्बन्धि ज्ञानको विकास गर्नुपर्ने आवश्यकता भएको ठहर समस्त ८0% अहिन्दु मुलवासी मंगोलहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेशन तथा यस्को मुखपत्रको रूपमा संचालन हुँदै आइरहेको छापा पत्रीका मंगोल भिजन छापा तथा अनलाइन समाचारलाई महसुस भएकोले यसलाई तीब्र गतिमा अगाडि बढाउनको निम्ति संचालन भएको यस प्रशिक्षण कार्यक्रममा विभिन्न प्रदेशबाट दर्जनौं पत्रकारहरुले प्रतिनिधित्व गरेकाछ्न । राज्यको चौंथो अंग पत्रकारिता क्षेत्रमा भाग लिन उपस्थित पत्रकारहरुलाई नेतृत्व सम्बन्धि एमएनओका केन्द्रिय सर्वोच्च सभा सदस्य तथा युवा नेता रिन्छेन दोर्जे तामाङले प्रशिक्षण प्रदान गर्नुहुनेछ भने पत्रकारीता सम्बन्धि मंगोल पत्रकार राजेन्द्र तामाङले प्रशिक्षण दिनुहुनेछ । पुस ६ गतेदेखि १२ गतेसम्म संचालन हुने उक्त कार्यक्रमलाई प्रदिक्षा वइबाले संचालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्