शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरी बजारमा मंगोल प्रशिक्षण

mongolvision | 24 जनवरी 2022

पथरी बजारमा मंगोल प्रशिक्षण


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन  पथरीशनिश्चरे नगरसभाको आयोजनामा पथरीशनिश्चरे-१ स्थित पथरी बजारमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पथरीशनिश्चरे नगरसभाका अध्यक्ष पुनम साम्पाङ राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिहरु १ नं. प्रान्तीय सभा सदस्यहरु शिव कुमार राई र सोम बल तामाङ रहनुभएको थियो भने अतिथिहरुमा मोरङ जिल्ला सभा अध्यक्ष विकेन वान्तवा, जिल्ला सदस्य डम्बर बल तामाङ रहनुभएको थियो । 
         कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई प्रमुख अतिथि फोम्बोले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अबको समय आफ्नो हक, अधिकार र अस्तित्व प्राप्तिको लागि चुनाव चिन्ह कुखुराको भालेमा मतदान गर्न आव्हान गर्नुभयो । नगरसभाका पदाधिकारीहरु लगायत स्थानीय लोक समुदायहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नगरसभाका सल्लाहकार बिक्रम फेम्बुले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव रामचन्द्र गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्