आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरीको  गुरुङ तमु गुम्बामा मंगोलको प्रशिक्षण सम्पन्न

mongolvision | 28 सेप्टेम्बर 2021

पथरीको  गुरुङ तमु गुम्बामा मंगोलको प्रशिक्षण सम्पन्न

पथरीको  गुरुङ तमु गुम्बामा मंगोलको प्रशिक्षण सम्पन्न
मोरङ / मंगोल नेशनल अर्गनाइजेशन पथरी नगर सभाको सकृयतामा एक दिने  मंगोल रास्ट्रबाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सोमबार  असोज १२ गते संगठनका केन्द्रीय  सदस्य सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त प्रशिक्षण कार्यक्रम लाई फम्बोले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण दिने क्रममा उहाले  अब मुलुक आमूल परिवर्तन को लागि एउटै मात्र बिकल्प एम एन ओ रहेको, देश भुमी भाषा ,  धर्म संस्कार संस्कृति  सबै कुरा बचाउनको लागि सबैले एकपल्ट एम एन ओलाइ हेर्नू पर्ने कुरामा जोड दिनु भएको छ  ।कार्यक्रमका विशिष्ट अतिथि प्रान्त न १ का सदस्य सोम तामाङ्ले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला सभा मोरङका अध्यक्ष बिकेन बान्तावा, सचिब धनराज लिम्बू ,सदस्य डम्बर तामाङ लगायत पथरी नगर छेत्रका मुलबासी मंगोल समुदायहरुको उल्लेखनीय उपस्थित रहेको थियो । पथरी नगर सभाका अध्यक्ष टेक बहादुर मगर अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  सुन्सरी जिल्ला सभाका सह सचिब श्रेया गुरुङ स्वागत मन्तव्य राख्नु भएको थियो भने  नगर सचिब बिक्रम फेम्बु लिम्बूले कार्यक्रम  सन्चलन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्