शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरीको सोमबारे चोकमा मंगोल प्रशिक्षण

mongolvision | 15 नोभेम्बर 2021

पथरीको सोमबारे चोकमा मंगोल प्रशिक्षण


       मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरी नगर सभाको आयोजनामा पथरी -४ स्थित सोमबारे चोकमा मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय मंगोल समर्थक राम चन्द्र गुरुङको सभाध्यक्षतामा एवं एम.एन.ओ. केन्द्रिय सदस्य सुरज फोम्बो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा एम.एन.ओ. मोरङ जिल्ला अध्यक्ष बिकेन राई रहनुभएको थियो भने अतिथिहरुमा
एम.एन.ओ.  पथरी नगर सभाध्यक्ष टेक बहादुर मगर, सहसचिव गणेश घले रहनुभएको थियो ।
       कार्यक्रममा टेक बहादुर मगर, बिकेन बान्तवाले मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि लिम्बूले मानव उत्पत्ति, अस्तित्व र पहिचान, आदिवासी, जनजाती, मूलबासी शब्दको अर्थ र असरका बारेमा लोक समुदायहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको समय सम्पूर्ण मूलबासी मंगोलहरु आफ्नो अस्तित्व, हक र अधिकारको निम्ति मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रममा बिक्रम लिम्बूले स्वागत मन्यव्य राख्नुभएको थियो भने पथरी नगर सदस्य पुनम साम्पाङ राईले सञ्चालन गर्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्