सोमबार 29 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरीमा एम एन ओको कार्यक्रम

mongolvision | 27 फेब्रुअरी 2022

पथरीमा एम एन ओको कार्यक्रम


मोरङ /  मंगोल नेशनल अर्गनाईजेसन पथरीशनिश्चरे नगर सभाको सकृयतामा वडा नं-०४ शान्ति चौकमा एक दिने मंगोल प्रशिक्षण कार्यक्रम  सम्पन्न भएको छ ।

फागुन १४ गते शनिवारका दिन सम्पन्न उक्त कार्यक्रममा पथरी शनिश्चरे- ४ वडा सभा अध्क्षय मुनाल राईको  सभाध्यक्षता एवं संगठनका केन्द्रीय  सदस्य सुरज फम्बोको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको हो । कार्यक्रममा  बिशिस्ट अतिथिमा मोरङ जिल्ला अध्क्षय बिकेन वान्तवा रहनुभएको थियो ।

 कार्यक्रममा पथरीशनिश्चरे नगरसभाका सल्लाहकार बिक्रम फेम्बु, अध्यक्ष पुनम साम्पाङ र विशिष्ट अतिथि विकिन वान्तवाले मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथिले फोम्बोले प्रशिक्षणको दौरानमा मानव उत्पत्तिका बारेमा प्रष्ट्याउँदै  आदिवासी,जनजाति र मतवाली शब्द मुलवासी मंगोलहरूलाई मास्ने हत्तियार भएको खुलासा गर्नुभयो । नगरसभाका पदाधिकारीहरु लगायत स्थानीय लोक समुदायहरुको सौहार्दपूर्ण उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सदस्य उमेश राईले स्वागत मन्त्व्य राखेका थिए भने सचिव रामचन्द्र गुरूङले कार्यक्रम सन्चालन गरेका थिए।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्