बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरीमा मंगोल नेशनल अर्गनाइजेशनकाे वडा सभा गठन

Lassim Hang Mongol | 7 डिसेम्बर 2018

पथरीमा मंगोल नेशनल अर्गनाइजेशनकाे वडा सभा गठन

मोरङ/मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगरपालिकाको विशेष सक्रियतामा वडा नं.-१ वडा सभा गठन भएको छ । मंसिर २१ गते गणेश गुरुङको अध्यक्षतामा एक प्रशिक्षण कार्यक्रमको बीच १३ सदस्यीय वडा नं.-१ वडा सभा गठन भएको हो । जसमा सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः बुद्धी प्रसाद योन्जन, साङ्गे पाख्रीन तामाङ र पशपती तामाङ रहेका छन् । त्यस्तै सदस्यहरूमा दिक बहादुर मगर, कुमारी सिवा, कला गुरुङ, जतन परियार, रूपमाया गुरुङ, बुद्ध लामा, धनमाया तामाङ, सोम कुमार राई, तारा लिम्बू र दिक्षाब्तामाङ रहेका छन् । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो प्रमुख आतिथि रहनु भएको थियो त्यस्तै एमएनओ जिल्ला सभा मोरङका अध्यक्ष बिकेन बान्तावाको विशिष्ट आतिथि र अतिथिमा प्रदेश नं.-१ सभाका कोषाध्यक्ष पदमा तामाङ रहनु भएको थियो । प्रदेश नं.-१ सभाका सदस्य सोम तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम औपचारिक रूपमा शुरूवात भएको थियो । विशिष्ट अतिथी बान्तावाले नवगठित वडा सभाका पदाधिकारीहरूलाई आउने दिनहरूमा संगठनलाई निडर,निर्भिक र इमान्दारका साथ अगाडी बढाउदै लैजान हुन आह्वान गर्दै बधाई तथा शुभकामना प्रदान गर्नु भयो । त्यस्तै कार्यक्रममा प्रमुख अतिथी फोम्बोले मंगोल अस्तित्व र मंगोल नेशनल अर्गनाइजेशनको उद्देश्य र मूलवासी मंगोल र आदिवासी जनजाती शव्दबारे समेत प्रष्ट्याउदौ उपस्थित महानुभावहरूलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो भने नवगठित पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । पथरी शनिश्चरे नगरपालिका अध्यक्ष डम्बर तामाङले कार्यक्रम सन्चालन गरेका थिए ।

पथरीमा मंगोल नेशनल अर्गनाइजेशनकाे वडा सभा गठन

यसैबीच मंगोल नेशनल अर्गनाइजेशन मिक्लाजुङ गाउँपालिकाको सक्रियतामा टोल सभा गठन भएको छ मंसिर १४ गते तदनुसार नोभेम्बर 30 का दिन मिक्लाजुङ गाउँपालिका वडा नं.-३ चौतारा चोक (चाम्लिङ) मा एक प्रशिक्षण कार्यक्रमको बीच बल्देव लिङदेनको अध्यक्षतामा ११ सदस्यीय टोल सभा गठन भएको हो । जसमा सचिव, सहसचिव, कोषाध्यक्षमा क्रमशः शुक्र मादेन, पुष्पा साम्बा र कला राई रहेका छन् भने सदस्यहरूमा, बेल कुमार लेक्वा, मिलन राई, जस बहादुर मादेन, मनि राई, कोपिल साम्बा, बाल कुमार साम्बा र कुमार लिम्बू छन् । कार्यक्रममा प्रमुख अथिमिमा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो र विशिष्ट अतिथिमा मोरङ जिल्ला सभाका सचिव धनराज लिम्बू रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी फोम्बोले उपस्थित मूलवासि मंगोल जनसमुदायहरूलाई मानव अस्तित्व, मंगोल नेशनल अर्गनाइजेशन किन र नेपालको वास्तविक राजनिती के हो ? साथै मूलवासी मंगोल र आदिवासी जनजाती शव्दको बारेमा पनि बृहत् रूपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा मूलवासि मंगोल जनमुदायहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्