आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरिमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

mongol vision | 6 मार्च 2021

पथरिमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सम्पन्न

मोरङ/ मङ्गोल नेशनल अर्गनाइजेशन पथरी नगर सभाको आयोजना तथा मुनाल राईको सभाध्यक्षतामा पथरी ४ सम्झना चोकमा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एम एनओ केन्द्रिय सदस्य सुरज फोम्बो रहनु भएको थियोे भने अन्य अतिथिहरुमा १ नम्बर प्रदेश सदस्य शिव कुम्वर राई, एम एनओ मोरङ जिल्ला अध्यक्ष बिकेन बान्तावा, सुन्बर्सी नगर सचिव रबिन्द्र श्रेष्ठ , भारत प्रबास सभा पुर्ब अध्यक्ष बिक्रम याम्फु रहनु भएको थियो। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि फोम्बो ज्युले आर्य शासक हरुले शुद्र, मतवाली, जनजाति, आदिवासी, र जातजाति जस्ता बिषालु अश्त्र प्रयोग गरेर यहाँका मुलबासी भुमिपुत्रहरुलाई तहसनहस पारेको कुरा उल्लेख गर्दै आफ्नो भाषा, धर्म संस्कृति सङ्गै अस्तित्व र अधिकार प्राप्तिको लागि मंगोलहरु राजनैतिक रुपले एक हुनु पर्ने कुरामा जोड दिनु भएको थियो। यसैगरी आर्य बाहुन क्षेत्री शासकहरुले उद्योग कलकारखाना मात्रै बाँकी राखेनन् अझ पद र पैसाका लागि नेपालको भुमि, नदि नाला सबै भारतमा रहेका उनीहरुको दाजुभाइलाई सुम्पेर राष्ट्रघाती सम्झौता गरिदिएको कुरा प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रममा अतिथिको रूपमा रहनु भएका प्रान्त सदस्य शिव कुमार राई, जिल्ला अध्यक्ष बिकेन बान्ताव र भारत प्रबास पुर्ब अध्यक्ष बिक्रम याम्फु, मन कुमार गेसाले शुभकामना मन्तव्य राखेका थिए। प्रशिक्षण कार्यक्रममा पथरी नगर कोषाध्यक्ष अनिता घिसिङले स्वागत मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रम पथरी नगर सचिव बिक्रम फेम्बुले सञ्चालन गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्