बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरी नगर सभाको ऎतिहासिक दोस्रो नगर अधिबेशन भब्य रुपमा सम्पन्न

mongolvision | 6 डिसेम्बर 2021

पथरी नगर सभाको ऎतिहासिक दोस्रो नगर अधिबेशन भब्य रुपमा सम्पन्न


मोरङ / मंगोल नेशनल अर्गनाइजेशन पथरी नगर सभाको ऎतिहासिक दोस्रो नगर अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ ।
मोरङको पथरी शनिसरे नगर पालिका ३ शैनिक खेल मैदान मा सयौंको सख्यामा मंगोलजन समुदायहरुको उपस्थितिमा दोस्रो नगर अधिबेशनको खुल्ला घोषणा सभा मंसिर २० गते सोमबार भब्य रुपमा सम्पन्न भएको हो । ऎतिहासिक  दोस्रो नगर अधिबेशन मुल आयोजक सभाका अध्यक्ष टेकबहादुर मगरको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य सुरज  फाेम्बाे लिम्बुको प्रमुख आतिथ्यता तथा प्रान्तीय न १ सभाका सदस्य देव नारायण धिमालको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रमको अतिथिहरुमा प्रान्तीय न१ सभा सदस्यदय शिव कुमार राई,साेम तामाङ , जिल्ला सभाकाे सचिव धनराज लिम्बु,कोषाध्यक्ष बल बहादुर राई  ,  बाघबिर घले,   जिल्ला सदस्यहरू डम्बर बल तामाङ,घिम कन्दङ्वा लिम्बु, रबिन्द्र श्रेष्ठ, अविनाश राई ,चुलाचुली गाउँपालिका अध्यक्ष चन्द्र केरूङ लिम्बु
बेलबारी नगर अध्यक्ष भिम राई,लेटाङ नगर अध्यक्ष बिशाल चेम्जोङ लिम्बू ,मिक्लाजुङ सभा अध्यक्ष मिलन माेत्तान,
शुनवर्शी नगर अध्यक्ष सकुन्तला श्रेष्ठ लगायत रहनु भएको थियो ।
खुल्ला सभा कार्यक्रम सुरु हुनु अधि सयौंको संख्यामा रहेका  मंगोल जन समुदायहरुको उपस्थितिमा कार्यक्रम स्थलबाट र्याली पनि गरिएको थियो  । लोकतन्त्र हाम्रो प्राण हो , धर्म निरपेक्ष हाम्रो मुटु हो , प्रान्तीयता हाम्रो अंङ्ग हो , मानव अधिकार लागू गर , हामी मंगोल हिन्दु होइनौं , जात जाती भन्दैनौ , हिन्दु चाड मान्दैनौ , आदिबासि जनजाती बाहुन छेत्री हुन , संबिधानमा मुलबासी मंगोल लेख , एम एनओ जिन्दावाद , ड गोपाल गुरुङ अमर रहुन ,ऎतिहासिक दोस्रो  नगर अधिबेशन सफल पारौ जस्ता नारा लगाउदै किरात चोक  परिक्रमा गरेर उक्त र्याली पुन कार्यक्रम स्थल आएको थियो ।
खुल्ला सभा कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि फम्बोले मंगोलको शक्ति लाई कसैले पनि रोक्न छेक्न नसक्ने बताउन्दै मुलुकले एम एनओको जित लाई पर्खी रहेको बताउनु भयो । त्यस्तै उहाले चुनाव केन्द्रित भएर काम गर्न सबै कार्यकर्ताहरु लाई निर्देशन दिनु भयो । कार्यक्रममा बिशिस्ट अतिथि देब नारायण धिमाल , प्रान्तीय सभा सदस्यदय शिव कुमार राई , सोम तामाङ , जिल्ला सभा सचिव धन राज लिम्बू , कोषाध्यक्ष बल बहादुर राई , सदस्यहरु सोम तामाङ , अबिनास राई , सुनबर्शी नगर अध्यक्ष सकुन्तला श्रेष्ठ , बेलबारी नगर अध्यक्ष भिम राई , लेटाङ नगर अध्यक्ष बिशाल लिम्बू , मिक्लाजुङ गाउँ सभा अध्यक्ष मिलन मोक्तान  लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । खुल्ला सभा कार्यक्रम लाई आयोजक सभाका सचीव बिक्रम फेम्बु  लिम्बुले संचालन गरेका थिए ।
यसै बिच दोस्रो ऎतिहासिक नगर अधिबेशनको बन्द सत्रले पुनम साङ्पाङ राइको अध्यक्षतामा १६ सदस्य पथरी शनिसरे नगर सभा सर्बसहमतीमा चयन गरेको छ । नगर सभाको सचिव  राम चन्द्र गुरुङ , कोषाध्यक्ष गणेश घले ,सह-सचिव: गंगा घिसिङ तामाङ रहनु भएको छ । त्यसै सदस्यहरू नरेस वि क ,राम प्रसाद राई , विजय राई ,हर्क राज गुरुङ,अस्मिता लावती ,हिरामाया तामाङ , रेनुका राई ,दिलिप घिसिङ तामाङ,शत्तिबल राई र उमेश राई रहेका छन भने नगर सभाको सल्लाहकामा  टेकबहादुर मगर
र विक्रम फेम्बु लिम्बु लाई चयन गरिएको छ ।

पथरी नगर सभाको ऎतिहासिक दोस्रो नगर अधिबेशन भब्य रुपमा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्