आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरी शनिसरे नगर सभाको दोस्रो नगर अधिबेशन डिसेम्बर मा हुने

mongolvision | 10 अक्टोबर 2021

पथरी शनिसरे नगर सभाको दोस्रो नगर अधिबेशन डिसेम्बर मा हुने


मोरङ / मंगोल नेशनल अर्गनाईजेशन  पथरीशनिश्चरे नगर सभाको ऐतिहासिक दोस्रो नगर अधिवेशनको आउदो डिसेम्बर हुने भएको छ ।  पथरीशनिश्चरे नगर सभाको सनिवार बसेको मासिक  बैठकले ऎतिहासिक दोस्रो  नगर अधिबेशनको आगमी डिसेम्बर  ६ तारिक पथरी बजारमा भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । नगर सभा  अध्यक्ष टेक बहादुर मगरको सभाध्यक्षतामा बसेको बैठकले  उहाकै संयोजकतमा दोस्रो नगर अधिबेशन मुल आयोजक सभा समेत निर्माण गरेको नगर सचिब   बिक्रम फेम्बु लिम्बुले मंगोल भिजनलाई जानकारी गराउनु भएको छ । बैठकले नगर अधिबेशन अघि नगरको सबै छेत्रमा संगठनको गतिविधि लाई तीव्रता दिदै वाड सभाका अधिबेशनहरु गर्ने तय गरेको छ साथै आउन लागेको कथित कालो दशै ८०% अहिन्दु मुलवासी मंगोलहरूको पुर्खालाई निर्मतापुर्वक हत्या गरेर बिजय उत्सब मनाउन थालेकोले यस लाई नगर भित्र  शान्ति पुर्बक तरिकाले बहिस्कार गर्ने निर्णय गरेको छ ।  बैठकमा नगर सभाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने  बैठक नगरसभा सदस्य पुनम साम्पाड् राईले सन्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्