बिहिबार 16 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरीशनिश्चरेको जय चोकमा एम एनओको प्रशिक्षण

mongolvision | 22 जनवरी 2022

पथरीशनिश्चरेको जय चोकमा एम एनओको प्रशिक्षण


मोरङ / मंगोल नेशनल अर्गनाइजेशन पथरीशनिश्चरे नगरसभाको आयोजनामा पथरीशनिश्चरे-२ स्थित जय चोकमा एकदिने मंगोलवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम पथरीशनिश्चरे नगरसभा अध्यक्ष पुनम साम्पाङ राईको सभाध्यक्षतामा एवं एम. एन. ओ. १ नम्बर प्रान्तीय सभा सदस्य सोम बल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि जिल्ला सभा मोरङका सचिव धनराज लिम्बू रहनुभएको थियो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई विशिष्ट अतिथि लिम्बूले मंगोलवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले सम्पूर्ण मूलबासी मंगोलहरुले आफ्नो हक र अधिकारको निमित्त कुखुराको भालेमा मतदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगरसभाका पदाधिकारीहरु लगायत स्थानीय लोक समुदायको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य नगरसभा सल्लाहकार टेक बहादुर मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्