शुक्रबार 17 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरी शनिश्चरेमा एम. एन. ओ. को वडा सभा

mongolvision | 20 डिसेम्बर 2021

पथरी शनिश्चरेमा एम. एन. ओ. को वडा सभा


मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरेको आयोजनामा मोरङ जिल्ला पथरीशनिश्चरे-४ मा सम्पन्न एक प्रशिक्षण कार्यक्रम विच एम. एन. ओ. को वडा सभा गठन भएको छ । उक्त कार्यक्रम पथरीशनिश्चरे नगर अध्यक्ष पुनम साम्पाङको सभाध्यक्षतामा एवं एम. एन. ओ. केन्द्रिय सदस्य सुरज फोम्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट १नं. प्रदेश सभा सदस्य सोम बल तामाङ रहनुभएको थियो भने अतिथिहरुमा १नं. प्रदेश सभा सदस्य शिव कुमार राई, मोरङ जिल्ला सचिव धनराज लिम्बू,सदस्यघिम कन्दवा रहनुभएको थियो ।कार्यक्रममा धनराज लिम्बू,सोम बल तामाङ, शिव कुमार राईले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि फोम्बोले उपस्थित सम्पूर्णमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । पथरीशनिश्चरे नगरसभाका सदस्यहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा गणेश घलेले स्वागत मन्तव्य राख्नुभएको थियो भने बिक्रम फेम्बुले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रमकै विच मुनाल राईको अध्यक्षतामा २३ सदस्यीय पथरीशनिश्चरे -४ वडा सभा गठन भएको हो । सचिव, कोषाध्यक्ष , सहसचिव्मा क्रमशः प्रशान्त राई, टेक बहादुर धिमाल, सलिना राई रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा रुद्र मगर, मेनुका मगर, शिव प्रसाद आले, सरिता मगर, मणि चाम्लिङ, धन बाहादुर राई, सन्तोष पिठाकोठे,गोपाल प्रसाद राई, तिलक पिठाकोटे, तारा राई, मिना थुलुङ,बालिका मगर, अमृत ठाडा, गोपाल राई, चित्र बहादुर मगर, जिम वीर राई, सञ्जीव कुलुङ, प्रताप राई र भिम बहादुर राई रहनुहएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्