शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरी शनिश्चरे नगर सभाको कार्यलय उद्घाटन

mongol vision | 23 फेब्रुअरी 2021

पथरी शनिश्चरे नगर सभाको कार्यलय उद्घाटन

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङ अन्तर्गत पथरी शनिश्चरे नगर सभाको कार्यलय उद्घाटन भएको छ ।

उक्त ऐतिहासिक नगर सभाको कार्यलय मोरङ जिल्ला सचिव धनराज लिम्बुले रिवर्न काटेर उद्घाटन गर्नुभएको थियो । मोरङ जिल्ला सभा सचिव लिम्बू प्रमुख अतिथि रहेको उक्त उद्घाटन समारोहमा जिल्ला सभा सदस्य डम्बर बल तामाङ, बिकास धिमाल साथै सुनबर्षि नगर सभा सचिव नविन श्रेष्ठ, सुनवर्षि नगर सभा सह-सचिव तिल्कु ऋिषिदेव साथै सदस्य काजिमान गुरूङ समेतको उपस्थिती रहेको थियो । हरेक कुराहरू चाहे राम्रो या नराम्रो हुनुको पछाडि कुनै न कुनै कारण हुन्छ भने उक्त कार्यलय खडा हुनुपछिको रहस्य ८०% अहिन्दु मुलवासि मंगोल मुक्तिको निम्ति तथा मुलवासि मंगोलहरूको खोसिएको लुटिएको हक-अधिकार तथा अस्तित्व प्राप्तिको निम्ति पिलर भएको कुरा कार्यलय उद्घाटन समारोहका प्रमुख अतिथिले प्रष्ट पार्नुभयो । कार्यक्रम सञ्चालक तथा पथरी शनिश्चरे नगर सभा सचिवले उक्त कार्यलय खडा हुनुमा प्रवासमा रहेको मूलबासी मंगोल प्रेमिहरूको साथ र समर्थनले गर्दा सफल भएको बताउनुभयो भने उहाँहरू प्रतिको साथ सहयोगलाई मध्यनजर गर्दै सहयोगदाताहरूको नाम नगर सभाको कार्यलयमा फ्रेम गरि राखिने बताउनु भएको छ । उक्त नगर सभाको कोषाध्यक्ष अनिता घिसिङ तामाङले आर्थिक सहयोग गर्नुहुने सम्पुर्णको नामावली बाचन गरि उहाँहरू प्रति आभार तथा धन्यवाद दिनुभएको थियो । पथरी शनिश्चरे नगर सभा सह-सचिव गणेश प्रसाद घले गुरूङले स्वागत मन्तव्य राख्नुभएको थियो । मोरङ जिल्ला सदस्य डम्बर बल तामाङ, शुनवर्षि नगर सभा सचिव नविन श्रेष्ठले पनि आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यलय उद्घाटन समारोहमा पथरी शनिश्चरे नगर सभाको अध्यक्ष टेक बहादुर मगरको सभाध्यक्षता रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्