शुक्रबार 10 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरी शनिश्चरे नगर सभामा ३ जना नगर सदस्य थप

Mongol Vision | 5 अगस्ट 2020

पथरी शनिश्चरे नगर सभामा ३ जना नगर सदस्य थप

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन पथरी शनिश्चरे नगर सभाको आज बसेको नियमित बैठकले नगर सभा सदस्यमा ३ जना सदस्य थप गरेको छ । पथरी शनिश्चरे नगर सभाका अध्यक्ष टेकबहादुर मगरको अध्यक्षतामा सम्पन्न बैठकले नगर सदस्य थप गरेको हो । मोरङ पथरी शनिश्चरे वडा नम्बर २ का काजिमान तामाङ, पुनम साम्पाङ राई र जितेन्द्र तामाङलाइ नगर सभा सदस्यमा थप गरिएको छ । उक्त नियमीत बैठकमा प्रदेश नम्बर एकका कोषाध्यक्ष पदमा तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने अन्य अतिथिहरुमा प्रदेश नम्बर एकका सदस्य सोम तामाङ, शिव राई र मोरङ जिल्ला सदस्य घिम कन्दङ्वा लगायत रहनु भएको थियो । कोरोना कहरका कारण विगत लामो समयको लकडाउन पछी बसेको बैठकमा नगर सभालाई अबका दिनहरुमा कसरी अगाडी बढाउदै चिर निन्द्रामा निदाएका मूलवासी मंगोलहरुलाई कसरी जगाउने इत्यादि विसयवस्तुहरुमा विशेष छलफल भएको पथरी शनिश्चरे नगर सभाका सचिव बिक्रम फेम्बु लिम्बूले मंगोल भिजनलाई जानकारी गराउनु भयो । नियमित बैठकमा नगर सभा कोषाध्यक्ष अनिता घिसिङ, नगर सभा सह-सचिव गणेश घले लगायत सम्पुर्ण नगर सदस्यहरुको उपस्थिति रहेको थियो । नियमित बैठकले चयन गरेका नव पदाधिकारीहरुलाई प्रमुख अतिथी पदमा तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै खदा ओढाएर सफल कार्यकालको शुभकामना प्रदान गर्नुभएको थियो । उक्त नियमित बैठक नगर सभा सचिव बिक्रम फेम्बू लिम्बूले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्