शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पथरी शनिश्चरे सेवारो चौकमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Mongol Vision News | 23 जून 2019

पथरी शनिश्चरे सेवारो चौकमा मंगोल राष्ट्रवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

मोरङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा मोरङले अबको ३ वर्षभित्रमा मोरङ जिल्लालाई मंगोलमय बनाउने दृढ संकल्पका साथ द्रुत गतिमा अगाडी बढिरहेको छ ।         

        23 जुन आईतवारका दिन स्थानीय नगेन लिम्बूको विशेष पहलमा मोरङ जिल्लाको पथरी शनिश्चरे वडा नम्बर तीन सेवारो चौक स्थित स्थानिय मंगोल प्रेमी वासिन्दा जितेन्द्र तुम्बाफो लिम्बूको सभाध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य सुरज फोम्बो लिम्बू प्रमुख अतिथि साथै प्रमुख प्रशिक्षक रहनु भएको थियो ।

            स्थानिय मूलवासी लोकहरुको बाक्लो उपस्थितिको बीच प्रमुख अतिथी फोम्बोले सांगठनिक विषयवस्तु लगायत देशको समसामयिक राजनिती बारेमा प्रशिक्षण प्रदान गर्नु भयो । जबसम्म हामी आफुले आफैलाई चिन्दैनौं हाम्रो अमुल्य मतको महत्व बुझ्दैनौं तबसम्म बहुसंख्यक मूलबासी मंगाेलहरू अल्पसंख्यक हामी बाहुन क्षेत्रीबाट शोषित रहने कुरा फोम्बोले बताउनु भयो । यसैरी मंगोल नेशनल अर्गनाइजेशन प्रवास सभा मेघालयका सदस्य टेकबहादुर मगर लगायत बिक्रम फेम्बूले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेशन ताप्लेजुङ गाउँपालिका सभा सदस्य लेलेपका बिरु फेम्बु लिम्बुको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम मोरङ जिल्ला सभा अध्यक्ष बिकेन बान्तावले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्