Mongol Vision | 3 अप्रिल 2025
काठमन्डु/फेब्रुवरी ३, २००६ माघ २१, २०६२ । राजा ज्ञानेन्द्रले पदबाट राजिनामा दिउन र जनता संग माफी मागुन्।
काठमाडौंः अत्यन्तै अल्पसंख्याक मण्डले लगायत भात खांदा धोती फेरेर भात खाने कन्दने र चन्दने समुदायका राजा अव झनै अल्पमतमा परेका छन् भन्ने तथ्य नगरपालिकाको चुनावमा नाम भर्नेहरुले देखाएका छन् । विश्वका एकलो र आखिरी हिन्दु राजा ज्ञानेन्द्रले जनताको वड्दो माग लोकतंत्र अथवा गणतंत्रलाई कति दिन लत्याएर बस्ने गणतन्त्र भन्दा चिन, पाकिस्थानको जस्तो एकिकृत र तानाशाही चाहिं होइन । समस्त जनताले इतिहासकै कालो दिन मध्येको कालो दिन मनाइरहेका र लोकतंत्र अथवा गणतंत्र ल्याउने जोस र सहासको लडाई लडिरहेको यो इतिहासकै अग्नि परिक्षाको समयमा राजतंत्र र प्रजातंत्र (कमारा, रैतीतंत्र) को आयु लम्याउने षडयंत्रमा ओत प्रोत भएको राजाको हास न हुसको भाषण के को निम्ती ? नेपाली जनतालाई तातो गोलीले चिस्याउने र मुलुकमा आतंक फैलाएर कति दिन शाषण गर्ने सैनिक बलको आधारमा ? राजाले जनताको सही आवाज र मुलुक भर उर्लेर आएको लोकतंत्र वा गणतंत्रको आवाज प्रति विम्बीत भएको पत्र पत्रिका पढ्ने नगरेको र टेलिभिजन हेर्ने नगरी गोरखापत्र, द राइजिङ नेपाल र नेपाल टिभी मात्र हेर्न गर्छन् क्यार नत्र प्यारा देश बासी प्रति आफ्नो सिमित स्वार्थको निम्ती यतिको चर्को निर्मम अत्याचारको बाँध फुटाउने थिएनन् । परन्तु अवको नव पिडी नेपाली युवा पिडी रगतको खोलो बगाएरै भए पनि र प्राणको बाजि लगाएरै भए पनि राजाको बम र तोपको प्रवाहा नगरी शिर ठड्याएर नै अघि वढ्ने छन्; राजसत्ता खोसेरै लिनेछन । लोकतंत्र, गणतंत्रको गीत गाएरै छाड्ने छन्, ल्याएर नै छाड्नेछन् । राजाले आफ्नो मनपरी तंत्र र सैनिक तानाशाही तंत्र तिव्र बनाएकाले नेपाली वहुसंख्या जनता पनि त्यसको साम्ना गर्दै आफ्नो मौलिक हक लिएर मान्छे जस्तो भई वाँच्नु कम्मर कसेकाले राजतंत्रको अन्त्यत हुन्छ नै। यसै कारण राजाले आफ्नो निती सधारी समयमानै आफ्नो राजा पदबाट जनता समक्ष राजिनामा प्रस्तुत गरेर माफ माग्न नै सबै भन्दा उचित कदम ठहरिन्छ ।
महामानव डा.गोपाल गुरुङ संस्थापक प्रेसिडेण्ट, (मंगोल नेशनल अर्गनाइजेशन)
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology