बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

राजधानीमा एकदिवसीय मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

Rajendra Tamang | 9 फेब्रुअरी 2019

राजधानीमा एकदिवसीय मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं /मंगाेल नेशनल अर्गनाइजेशन जिल्ला सभा काठमाडौंकाे अायाेजनामा आज 9 feb 2019 का दिन काठमाण्डौंकाे गोङगबु अवस्थित तमु ह्युल छाेंज धिकाे सभाहलमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

राजधानीमा एकदिवसीय मुलवासी मंगोल विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न

    सुरेश तामाङकाे सभाध्यक्षता साथै संगठनका बरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामाकाे प्रमुख अातिथ्यता तथा केन्द्रीय सर्वोच्च सभा सदस्य एवम् केन्द्रीय कार्यालय सचिव रिन्छेन दाेर्जे तामाङकाे िबशिष्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रमका विशिष्ट अतिथि साथै मुख्य प्रशिक्षक संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य एवम् केन्द्रीय कार्यालय सचिव रिन्छेन दाेर्जे तामाङले मानव उत्पति र मानव अस्तित्व साथै संगठनकाे विविध विषयमा प्रष्ट पार्दै प्रशिक्षण कार्यक्रमलाई अगाडी बढाउनु भएकाे थियाे । उक्त कार्यक्रममा संगठनका केन्द्रीय सदस्य मंगाेल भक्त खपाङ्गी मगर, केन्द्रीय अार्थिक सभा सदस्य धनमाया तामाङ, शाेभा मगर, केन्द्रिय सदस्य रुवेन श्रेष्ठ, बैकल्पिक केन्द्रीय सदस्य प्रेम श्रेष्ठ, ३ नम्बर प्रदेश सभा काेषाध्यक्ष कुमार तामाङ, प्रचारप्रसार सचिव सालिक मगर, गण्डकी प्रदेश सभा सदस्य कुशल मगर, १ नम्बर प्रदेश सभा सदस्य उमेश मंगाेल, प्रवास सभा साउदीका प्रमुख सल्लाहकार सिपि घिसिङ, धादिङ जिल्ला अध्यक्ष सन्तोष कुमार तामाङ, सिन्धुली सभा अध्यक्ष सागर सुनुवार लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि थुप्तेन लामाले प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै मंगाेलहरुले कहिल्यै नहार्ने लडाँई लडिरहेको र बाहुन क्षेत्रीलाई सैद्धान्तिक रुपमा ढाले मात्रै अहिन्दू मुलवासी मंगाेलकाे उन्नति हुने जिकिर गर्नुभयो । यसैगरी केन्द्रीय सदस्य मंगाेल भक्त खपाङ्गि मगरले आफ्नो अस्तित्वको जगेर्ना गर्न मंगोलहरू जुटिसकेको बताउन्ज भयो । मन्तव्यकै क्रममा केन्द्रीय आर्थिक सभा सदस्य धनमाया तामाङले हिन्दुबाद र बाहुन्बादको जालो हटाएर मात्रै नारी र समग्र मंगोलहरुको मुक्ति हुने कुरामा जोड दिनु भयो । कार्यक्रमको स्वागत मन्तव्य काठमाडौं जिल्ला सदस्य लक्षमणराज नकर्मिले राख्नु भएकाे थियो । कार्यक्रममा अहिन्दू मूलवासी मंगोल लोकसमुदायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम एमएनओ 3 नम्बर प्रदेश सभा सचिव राजेन्द्र तामाङले सञ्चालन गरेका थिए ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्