Mongol Vision News | 15 अगस्ट 2019
झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको केही समय देखि रिक्त रहेको कोषाध्यक्ष पदपूर्ति भएको छ । 15 अगष्ट विहिवारका दिन जिल्ला सभा अध्यक्ष लासिम हाङ मंगोलको अध्यक्षतामा बसेको जिल्ला सभा झापाको नियमित बैठकले उक्त रिक्त रहेका पदमा पदपूर्ति गरेको हो । गत फागुन २३ गते सम्पन्न जिल्ला सभाको १३औं ऐतिहासिक जिल्ला अधिवेशनको बन्द शत्रबाट जानुका राई कोषाध्यक्ष पदमा नवनिर्वाचित भएका थिए । केही समय देखि शारीरिक अस्वस्थका कारण आफू सक्रीय रहन नसकेकोको कारण बताउँदै उनले जिल्ला सभामा राजिनामा पत्र बुझाए पछि जिल्ला सभामा विगत केही दिनदेखि कोषाध्यक्ष पद रिक्त रहेको थियो । सांगठनिक आय व्यय र कार्यक्रमको चुस्त दुरुस्त हिसाब किताब राख्न वीरवल लिम्बूलाई उहाँको सक्रीयता र इमान्दारीताको उच्च मुल्यांकन गर्दै जिल्ला कोषाध्यक्ष जस्तो गरिमामय पदमा सर्वसहमतमा नियुक्ति गरेको अध्यक्ष लासिम हाङ मंगोलले बताउनु भयो । बैठकमा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सानबहादुर मेचेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै संगठनका केन्द्रीय सदस्य सत्यकला नेम्बाङ विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो । अन्य अतिथिमा मंगोल नेशनल अर्गनाइजेशन एक नम्बर प्रदेश सभा सचिव सागर राई रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी मेचेले नवनियुक्त कोषाध्यक्ष वीरवल लिम्बूलाई खदा ओढाइ सम्मान गर्नु भएको थियो भने कार्यक्रम जिल्ला सचिव बानिरा मेचेले सन्चालन गरेकी थिइन् । कार्यक्रममा केन्द्रीय सल्लाहकारद्धय पदम नेम्बाङ र धनबहादुर राई लगायत विभिन्न नगर र गाउँसभाका अध्यक्ष तथा कार्यकर्ताहरुको पनि उपस्थिती रहेको थियो ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology