बुधबार 22 अप्रिल 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रिक्त रहेकाे मेचीनगर नगरसभाकाे प्रचार सचिव पदपूर्ति

Lassim hang Mongol | 5 फेब्रुअरी 2019

रिक्त रहेकाे मेचीनगर नगरसभाकाे प्रचार सचिव पदपूर्ति

झापा/ मंगोल नेसनल अर्गनाइजेशन मेचिनगर नगर सभा झापाले मेचिनगर नगर सभाध्यक्ष सागर दर्जीको सभा अध्यक्षतामा,एबम एम.एन.ओ.के.प्रेसिडेण्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा आफ्नो नियमित मासिक बैठकमा निम्न प्रस्तावहरु सर्बसम्मत पारितका साथ सम्पन्न गरेको छ।

     5 फेब्रुअरी मंगलबारका दिन बसेको नगर सभाको नियमित बैठकमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको मिति तय गर्ने सम्बन्धमा एम.एन.ओ. मेचिनगर नगर सभाको कार्यकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्य राखी फेब्रुअरी 15 र 16 तारिखको दिन आफ्नै कार्यलयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ भने एम.एन.ओ मेचिनगर नगर सभाको प्रचार सचिब हर्क बहादुर तामाङ ज्युको असामयिक निधन भएसङै उक्त रिक्त रहेको पदमा मेचिनगर नगर सभा सदस्य खम बहादुर राईलाई सर्बसम्मतमा पदोन्नति गरेको छ । त्यस्तै एम.एन.ओ झापा जिल्ला सभाको 13औं ऐतिहासिक अधिबेशनमा मेचिनगर नगर सभाले सक्रियताको साथ सहभागी भै सभ्य र भब्यका साथ सम्पन्न गर्ने सर्बसम्मत निर्णय तय गरेको छ। उक्त बैठकलाई कार्यक्रमका अतिथि झापा जिल्लासभा अध्यक्ष रुद्र राई , विशिष्ट अतिथि प्र.नं.-1 सभा सचिब सागर राइले पनि सम्बोधन गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्युले कार्यक्रम कै अवसरमा उपस्थित सम्पुर्णलाई सांगठानिक एवम मंगोल राष्ट्रबादको बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । साथै युग पुरुष अमर डा.गोपाल गुरुङ ज्यु द्वारा प्रतिपादन भएको मंगोल राष्ट्रबादको सिद्धान्त र मंगोल दर्सनलाई चाँडाे भन्दा चाँडाे प्रत्येक अहिन्दू मुलबासी मंगोलहरूको घर, आगन , गाँउमा पुर्याउनु पनि आह्वान गर्नु भयो । मेचिनगर नगर सभाको पदाधिकारीहरु साथै एम.एन.ओ. सुभचिन्तकहरुको बाक्लै उपस्थित रहेको उक्त नियमित मासिक बैठकमा स्वागत मन्तव्य मेचिनगर नगर सभा सदस्य खम बहादुर राईले राख्नु भएको थियो भने मेचिनगर नगर सभा सचीव सिनारा मेचेले कार्यक्रम सन्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्