मङ्गलबार 7 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रामेछाप/ लोकतन्त्रको जग बलियो बनाउनको निम्ति एम.एन.ओ ~ युवा नेता रिन्चेन दोर्जे तामाङ

mongolvisionnews | 16 डिसेम्बर 2019

रामेछाप/ लोकतन्त्रको जग बलियो बनाउनको निम्ति एम.एन.ओ ~ युवा नेता रिन्चेन दोर्जे तामाङ

 

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रामेछापको आयोजनामा जिल्लाको मन्थली नगरपालिका वडा नम्बर 9 स्थित बाङ्गे सल्लामा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रिय सचिवालय सचिव रिन्चेन दोर्जे तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
स्थानीय मुलबासी मंगोलहरुको उल्लेख उपस्थिति मा सम्पन्न कार्यक्रममा विषेश आतित्यथा केन्द्रिय सदस्य मंगोल भक्ता खपाङ्गी को रहेको थियो । कार्यक्रममा 3 नम्बर प्रदेश सभाका सदस्य सागर आले मगर, धादिङ जिल्ला सभाका अध्यक्ष सन्तोष कुमार तामाङ, रामेछाप जिल्ला सभाका कोषाध्यक्ष ओमनारायण श्रेष्ठ, बरिस्ठ सल्लाहाकार नवराज मगर लगायतको आतित्यथा रहेको थियो । जिल्ला सभा रामेछापका अध्यक्ष चन्द्र प्रकास घिसिङको सभाध्यक्षमा सम्पन्न कार्यक्रम जिल्ला सचिव भुवन घिसिङ ले संचालन गरेका थिए । 
कार्यक्रमालाइ सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी तामाङले मुलुकमा लोकतन्त्रको जग बलियो बनाउनको निम्ति एम.एन.ओ को आवश्यकता मुलधारको राजनीति मा भएको कुरालाइ प्रष्टाउनु भएको थियो । जिल्ला सल्लाहकार नवराज मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा उपस्थित अतिथिहरुले मानव अस्तित्व, मुलबासी मंगोलहरुको हक, अधिकार को बिषयमा मानव अधिकारको नारा सहित जोड दिएर आफ्नो मन्तब्यहरु राख्नु भएको थियो ।

 

रामेछाप/ लोकतन्त्रको जग बलियो बनाउनको निम्ति एम.एन.ओ ~ युवा नेता रिन्चेन दोर्जे तामाङ

कार्यक्रमकै अवसरमा राजकुमार श्रेष्ठ को अध्यक्षतामा 22 सदसिय मंगोल नेशनल अर्गनाइजेशन मन्थली नगरपालिका 9 नम्बर वडा सभा गठन भएको छ । नवगठित सभाका सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश राजेश आले मगर, भरत तामाङ, दिपक मगर र सदस्यहरु क्रमश देबेन्द्र मगर, संकर राना मगर, प्रेम बहादुर मगर, राजेन्द्र थापा मगर, रामलाल तामाङ, श्याम मगर, हेम थापा मगर, प्रशान्त तामाङ, लाक्पा लामा, समीर सुनेल, बल बहादुर पुलामी मगर, कालिमाया श्रेष्ठ, अनिता तामाङ, चिनामाया तामाङ, मशिना सेन्चुरी, नन्दलाल तामाङ, टेकमाया सुनुवार चयन हुनु भएको छ । निर्वाचित पदाधिकारी हरुलाइ प्रमुख अतिथी तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्