mongolvision | 6 जनवरी 2022
5 Jan 2022 तदनुसार दिनाक २०७८साल पुस २१ गते बुधबारका दिन मन्थलि न.पा अन्तरगत ९ न. वडा सभाको ऐतिहासिक प्रथम अधिबेसन घोषणा सभा उक्त आयोजक वडासभाका हरि ब.आले मगर ज्युको सभाअध्यक्ष मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रिय चारप्रसार सचिब मनिपापो लिम्बु ज्युको प्रमुख आतिथ्यतामा रामेछाप जिल्ला अन्तर्गत मन्थली नगरपालिका वडा नं ९ स्थित पुरानागाउ बाङ्गे सल्ला तामाङ गाउको खुल्ला मैदानमा कायक्रम सम्पन्न भएको छ।यसैगरी बिषिस्ट अतिथि के.स. मंगोल भक्त खपाङ्गि मगर,विशेष अतिथि शान्तकुमार मंगोल,अतिथि बाग्मती प्रदेश सदस्य सागर आले मगर,पुर्व जिल्ला सल्लाहकार नवराज खपाङ्गी मंगोल,पुर्व जिल्ला सचिव सिताराम मंगोल रहनुभएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिम्बुले अब ८० प्रतिशत मूलबासी मंगोलहरुको जीत सुनिस्चित भइसकेको एकाग्रतामा अडिग भएर मंगोल मुक्तिको यात्रामा लाग्न आव्हान गर्नुभयो ।यसैक्रममा कार्यक्रमका विशिष्ट अतिथि,बिशेष अतिथि र अतिथिहरुले मंगोल अस्तित्वको विषयमा प्रस्ट्याउनु भएको थियो ।स्थानीय बुद्धिजीवी समाजसेवी लगायत स्थानीय बासिन्दा को उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology