शनिबार 4 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रामपुर नगरपालिका 5 नम्बर तदर्थ वाड सभा गठन

Mongol Vision News | 28 जून 2019

रामपुर नगरपालिका 5 नम्बर तदर्थ वाड सभा गठन

पाल्पा / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको सक्रियतामा 28 जुन 2019 को दिन भिम बहादुर आले मगर को अध्यक्षतामा र एमएनओ केन्द्रिय सर्वोच्च सभा सदस्य केशु रास्कोटी मगर को प्रमुख आतिथ्यतामा मंगोल राष्ट्रवाद सम्बन्धि प्रशिक्षण सँगै एमएनओ रामपुर नगरपालिका 5 नम्बर तदर्थ वाड सभा गठन भएको छ । एमएनओ केन्द्रिय सदस्य तथा अनुशासन सभा सदस्य लाल बहादुर दर्लामिको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रम एमएनओ पाल्पा जिल्ला सदस्य हुम आले मगर ले सञ्चालन गरेका थिए ।

रामपुर नगरपालिका 5 नम्बर तदर्थ वाड सभा गठन

उक्त कार्यक्रमबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिवमा क्रमशः राम बहादुर सोमै, सरस्वती सोमै, मिना आले र जानकी श्रेष्ठ मनोनीत हुनुभएको थियो, साथै सदस्यहरूमा चुप बहादुर राना, जित बहादुर आले, कृष्ण बहादुर ढेंगा, खेमी सरा काम्मु, रिसि माया ढेंगा, सितादेवी वि.क., पुर्ण माया थापा, लिमि सरा राना, तिर्थ कुमारी ढेंगा मनोनीत हुनुभएको थियो । कार्यक्रममा विशेष अतिथि लाल बहादुर मगरले मूलबासी मंगोलहरुको अस्तित्व, मंगोल नेशनल अर्गनाइजेशन को सिद्धान्त को विषयमा प्रष्ट पार्नुभएको थियो भने प्रमुख अतिथि केशु रास्कोटी मगरले आफ्नो मन्तव्यको क्रममा एमएनओले नारिहरुलाई 50% को समान अवसर दिएको हुनाले नारिहरुले सक्रिय भएर मंगोल अस्तित्वको लागि लागिपर्नुपर्ने बताउनुभएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्