शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रैनादेवी छहरा गाउँपालिकामा वडा सभा गठन

Sandeep Sinjali | 12 डिसेम्बर 2018

रैनादेवी छहरा गाउँपालिकामा वडा सभा गठन

पाल्पा/  मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा पाल्पाको आयोजनामा रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ वडा सभा गठन सम्पन्न भएको छ ।
मंसिर २६ गते बुधवारका दिन दान बहाहुर रानाको अध्यक्षतामा एक प्रशिक्षण कार्यक्रमको बीच १८ सदस्यीय उक्त वडा सभा गठन भएको हो । जसमा अध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश: ज्ञान बहादुर सिंजालि, कमला दुधराज, दान बहादुर राना र जितेन्द्र राना रहनु भएको छ । त्यसैगरी सदस्यहरूमा क्रमशः तारा सुर्यवंसी, बल बहादुर गाहा, संतोष गाहा, तारा राना, राम बहादुर राना, जुनु राना, गोमा रास्कोटी, मान बहादुर राना, तारा राना र सल्लाहकारहरूमा लाल बहादुर राना, सुर्य गाहा, जित बहादुर गाहा, चक्र बहादुर गाहा र लोक बहादुर सारू रहनु भएको छ ।
संगठनका केन्द्रीय मूलसचिव थम्मन बुढा मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथिमा केन्द्रीय सदस्य कल्पना थापा मगर रहनु भएको थियो भने अतिथिहरूमा क्रमशः केन्द्रीय सदस्य केशु रास्कोटी मगर, राज बहादुर छन्त्याल, जयकली दर्लामी, पाल्पा जिल्ला सभा सल्लाहकार रन बहादुर पुन र गुल्मी जिल्ला सभा सदस्य हरि बहादुर थापा थिए ।
यसैबीच कार्यक्रममा मूलवासी जनसमुदायहरूको उल्लेखनीय उपस्थितमा प्रमुख अतिथी थम्मन बुढा मगरले मानव अस्तित्व र राजनितिक चेतना विषयमा बृहत् रूपमा प्रशिक्षण प्रदान गर्नुका साथै नवगठित सम्पुर्ण पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्