शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देही जिल्ला र देबदह नगर सभाले मंगोल भिजन लाई ५० हजर सहयोग प्रदान

mongolvision | 29 नोभेम्बर 2021

रुपन्देही जिल्ला र देबदह नगर सभाले मंगोल भिजन लाई ५० हजर सहयोग प्रदान


रुपन्देही /  मंगोल  नेशनल अर्गनाईजेशन रुपन्देही जिल्ला सभा र   देवदह नगर सभाले मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका लाई ५० हजार सहयोग गरेको छ ।
मंसिर ११ गते आइतबार  जिल्ला सभा र देबदह नगर सभाको संयुक्त आयोजनामा भएको बलिहाङ पर्ब २०२१को सम्मान कार्यक्रमको अवसर पारेर  मंगोल भिजन राष्ट्रिय साप्ताहिक लाई उक्त रकम प्रदान गरिएको छ ।  देवदह नगरपालिका वाड  न. ६ अमरसिंह चोकमा रहेको नगर सभाको कार्यलयमा नगर अध्यक्ष सिर्जना गुरुङको अध्यक्षता र केन्द्रिय सदस्य तथा मंगोल भिजन साप्ताहिकका पश्चिम छेत्र बजार ब्यावस्थापक शिब बहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम मा   केन्द्रीय सदस्य कारण सिंह नेपाली बिसिस्ट आतिथ्य हुनुहुन्थ्यो भने लुम्बिनी प्रदेश सदस्यदय  बीर बहादुर गुरुङ  र देबराज गुरुङ अतिथिमा रहनु भएको थियो साथै जिल्ला , नगर सभाका  कार्यकर्ताहरुको पनि कार्यक्रम उपस्तिथि रहेको थियो ।कार्यक्रम मा जिल्ला सभाका अध्यक्ष कुलबिर घर्ती , सदस्य चन्द्र बहादुर , लुम्बिनी प्रान्तीय सभा सदस्य देबराज गुरुङ लगायतले आ आफ्नो मन्तव्य राख्नु भएको थियो ।
  रूपनदेही जिल्ला सभा  र देवदह नगरले संयुक्त रुपमा  कार्तिक १८- २९ गते १२ दिन सम्म बलिहाङ पर्ब २०२१को जै मंगोल अभियान संचालन गरेको थियो । जै मंगोल अभियान बाट संकलन भएको रकम मध्य जिल्ला सभा र नगर सभाले पश्चिम छेत्रमा मंगोल भिजन राष्ट्रिय साप्ताहिक प्रकाशन गर्न सहयोग होस भनेर २५ / २५ हजार गरि ५० हजार सहयोग गरेको जिल्ला अध्यक्ष कुलबिर घर्तीले बताउनु भयो । उक्त रकम पत्रीकाको पश्चिम् छेत्र  ब्याबस्थापक शिव बहादुर लाई प्रदान गरिएको छ । साथै  हुन लागीरहेको तिलोतमा नगर सभा नगर अधिबेशन लाई सफल बनाउन देबदह नगर सभाले नगद २० हजार र जिल्ला सभाले २२ हजार सहयोग प्रदान गरेको छ । सो रकम तिलोतमा नगर अध्यक्ष चित्र बहादुर मगर लाई प्रदान गरिएको छ ।त्यस्तै कार्यक्रममा जै मंगोल अभियानमा सहभागी कलाकार भाइ बहिनीहरु लाई सम्मान समेत गरिएको थियो । देबदह नगर सचिब अनिल कुमार गुरुङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सचिब सलन चिदी मगरले संचालन गरेको थियो । 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्