आइतबार 5 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीको शुद्धोधनमा एक दिने प्रशिक्षण सम्पन्न

mongol vision | 4 मार्च 2021

रुपन्देहीको शुद्धोधनमा एक दिने प्रशिक्षण सम्पन्न

रुपन्देही/ मंगोल नेशनल अर्गनाइजेशन तेस्रो जिल्ला अधिवेशन सभा रुपन्देही द्वारा एकदिने मुलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम रुपन्देहीको शुद्धोधन गाउँपालीका ४ केवलपुरमा ४ मार्च को दिन भएको थियो । मुलआयोजक सभाका अध्यक्ष खड्क बहादुर रानाको अध्यक्षता र संगठनका केन्द्रीय मुल सचिव थम्मन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा अतिथिहरुमा केन्द्रीय सदस्य तेज कुमारी आले, प्रदेश सदस्य पुर्ण बहादुर आले, बुटवल उप महानगरपालीका अध्यक्ष जित बहादुर पुन, जिल्ला सदस्यहरु तेज आले, मेख बहादुर गाहा, लोक थापा रहनु भएको थियो । कार्यक्रम मा बुटवल उप महानगरपालीका अध्यक्ष जित बहादुर पुन, लुम्बिनी प्रदेश सदस्य पुर्ण बहादुर आले, केन्द्रीय सदस्य तेज कुमारी आले, र प्रमुख अतिथी तथा कार्यक्रमका प्रशिक्षक थम्मन बहादुर बुढा मगर लगायतले प्रशिक्षण तथा मन्तव्य राख्नु भएको थियो ।

रुपन्देहीको शुद्धोधनमा एक दिने प्रशिक्षण सम्पन्न

त्यस कार्यक्रममा तेस्रो जिल्ला अधिवेशन सभा रुपन्देहीका सदस्य सेनिस आलेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा सञ्चालन जिल्ला सभाका सदस्य मेख बहादुर गाहाले गर्नु भएको थियो र उक्त कार्यक्रम कै अवसर पारी यु बहादुर राना मगरको अध्यक्षता मा १९ सदस्यीय शुद्धोधन गाउँपालीका सभा गठन भएको छ। जसमा सचिव वीर बहादुर राना मगर, कोषाध्यक्ष शेर बहादुर सारु, सह-सचिव गंगा वि.क. सदस्यहरुमा खड्क आले, अनिल वि.क., दल बहादुर थापा मगर, शेर बहादुर राना, बोम आले मगर, लिला बहादुर बराल मगर, दन बहादुर घर्ती, रन बहादुर खाम्चा, कुमारी थारु, तुल बहादुर आले, रुपा वि.क., यमा थापा मगर, शान्ता सारु, सल्लाहकारहरु गोबिन्द बहादुर बा, तुल बहादुर थापा चयन भएका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्