शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीको तिलोत्तमा मा एम.एन.ओको प्रशिक्षण सम्पन्न

बासुदेव नेपाली | 9 जनवरी 2021

रुपन्देहीको तिलोत्तमा मा एम.एन.ओको प्रशिक्षण सम्पन्न

रुपन्देही/मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा रुपन्देही को आयोजनामा ९ जनवरीका दिन तिलोत्तमा १२ मोहनाजोत टोलमा एकदिने प्रशिक्षण कार्यक्रम जिल्ला सभाका सदस्य रन बहादुर रेगामी को सभाध्यक्षता मा कार्यक्रम सम्पन्न भएको छ।
संगठनको केन्द्रिय सदस्य शिव बहादुर गुरुङको प्रमुख आतिथ्यता, प्रदेश सभाका सदस्य कर्ण बहादुर गुरुङ्को विशेष आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको छ ।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथी गुरुङले सम्बोधनको क्रममा बाहुनवादीहरु ले गुमराह को राजनिती गरेको छ र यो लोकतन्त्र मा चुनाव को महत्त्व भएको हुनाले आउने चुनावमा कुखुराको भाले मा भोट हाल्नुहोला भन्दै संगठनको सिद्धान्त प्रष्ट पार्नु भएको थियो। 

कार्यक्रममा मन्तव्य कै क्रममा विशेष अतिथी कर्ण बा. गुरुङले बाहुनहरुले ठग्ने काम गरिरहेका छन भन्दै आफ्नो धारणा राख्नुभएको थियो। त्यसैगरी एम.एन.ओ प्रदेश सभाका सदस्य वीर बा.गुरुङले बाहुनवादको जालो तब सम्म खतम हुदैन जब सम्म एम.एन.ओ सत्तामा पुग्दैन। त्यसैगरी प्रदेश सभाका सदस्य देब गुरुङले प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो र प्रशिक्षणमा नेपालको वास्तविक समस्या बाहुनवाद हो भन्दै मानव उत्पत्ति बारे छर्लङ्ग्याई यो देशका मुलवासी हामी मंगोल हौउ भन्दै आफ्नो भुमिका निर्वाह गर्नु भएको थियो।

त्यसैगरी  तिलोत्तमा न.पा वार्ड नं. १२ का अध्यक्ष मीन बा.गुरुङको स्वागतमा र देवदह नगर सभाका सचिव बासुदेव नेपालीको संचालनमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्