आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीको तिलोतमामा मंगोलको प्रशिक्षण

mongolvision | 27 सेप्टेम्बर 2021

रुपन्देहीको तिलोतमामा मंगोलको प्रशिक्षण

रुपन्देही / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रुपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १०, मगर भवनमा एकदिने मूलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
सेप्टेम्बर २६ २०२१, आइतबारका दिन भएको कार्यक्रम जिल्ला सभाका अध्यक्ष कुलावीर घर्ति मगर ज्युको सभाध्यक्षतामा र एम एनओ केन्द्रिय सदस्य तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक शिव बहादुर गुरुङ ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षकको भूमिका एम एनओ लुम्बिनी प्रदेश सभाका सदस्य विर बहादुर गुरुङ ज्युले गर्नु भएको थियो, सो प्रशिक्षणको क्रममा गुरुङ ज्युले मंगोल नेशनल अर्गनाइजेशनको भिजन लाई बुझेर आउने चुनावमा पैसा रक्सि र मासुमा नबिकेर कुखुराको भालेमा मत हालेर मालिक हुने प्रयास गर्नुहोला भन्ने कुरा  प्रशिक्षणमा जोड दिइएको पाइन्छ । 
उक्त प्रशिक्षण पश्चात मिन बहादुर गुरुङ ज्युको अध्यक्षतामा तिलोत्तमा नगरपालिका वार्ड नम्बर १० गठन भएको छ । जसमा सचिव र कोषाध्यक्षमा क्रमश : रिता थारु, सोम गुरुङ, सदस्यहरुमा चंदिका नेपाली, रिता शेरचन, कुमारी थापा, लेखु दर्लामी, भिम गुरुङ, कुमारी श्रेष्ठ, टोपलि गाहा मगर, अजय पुन, माहादेव थारु, दिपेन प्रसाद थारु, तिल कुमारी सुनार, केशरी थारु, मान बहादुर विक, र धिरेन श्रेष्ठ गरि १७ सदस्यीय वार्ड सभा गठन भएको छ । नवगठित पदाधिकारीहरुलाई प्रमुख अतिथि गुरुङले गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सभाका सदस्य चन्द्र बहादुर गुरुङले राख्नु भएको थियो उक्त कार्यक्रम एम एनओ देवदह नगर सभाका अध्यक्ष सृजना गुरुङले संचालन गर्नुभएको थियो ।

रुपन्देहीको तिलोतमामा मंगोलको प्रशिक्षण

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्