Mongol_vision | 4 जनवरी 2022
रुपन्देही / मंगोल नेशनल अर्गनाइजेशन तिलोत्तमा नगर सभाको प्रथम ऎतिहासिक नगर अधिवेशन तथा संगठनको स्थापना दिवस १ जनवरी २०२२ शनिबारका दिन तिलोत्तमा नगर सभाका संयोजक नेत्र बहादुर गुरुङ को सभाध्यक्षतामा तिलोत्तमा १०, कान्छी बजार जनहित मावि को प्राङ्ग्गणमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एम एन ओ केन्द्रिय सर्वोच्च सभाका सदस्य श्याम लिम्बु ज्युले सभालाई सम्बोधन गर्ने क्रममा अब हामि मूलवासी मंगोलहरु शासित होइन शासक बनौ किनकि हामिलाई शासक बनाउनको लागि एम एन ओ लाई आज भन्दा ३३ वर्ष अगाडि भद्रगोल जेलमा डा गोपाल गुरुङ ज्युले स्थापना गर्नुभएको हो। हामीले हाम्रो मस्तिष्क आफुलाई कमारा नोकर दास भएको सोच्छौ त्यही हुने हो तर यो देशको मालिक भएर मूलवासी भएर सोच्छौ भने मालिक मूलवासी नै हुने हो र राजनीति गर्ने चाहाना र इच्छा नभएपनि यतिबेला अत्यावश्यक छ भनेर लोक समुदाय लाई राजनीतिमा प्रेरित गर्नुभएको थियो उक्त सभामा प्रमुख अतिथि लिम्बुले यो मेरो रुपन्देही जिल्ला मा तेस्रो पटकको यात्रा हो यो यात्रा ऎतिहासिक भएको छ पारिवारिक भेट भएको छ भन्दै जुन ज्ञान मैले डा गोपाल गुरुङ ज्युको दर्शन एम एन ओ मा पाए त्यो ज्ञान मैले त्रिभुवन युनिभर्सिटिबाट बि.ए पास गरे तर त्यहा बाट चार आनाको पनि ज्ञान हासिल गर्न सकिन त्यसकारण मिल्यो भने मैले बि.ए को सर्टिफ़िकेट पनि बेच्न तयार छु भनेर उक्त सभामा प्रतिबद्दता गरेको पाइन्छ ।
कार्यक्रममा संगठनका केन्द्रिय सदस्यहरु तथा विशेष अतिथिहरु शिव बहादुर गुरुङ, करन सिंह नेपालि र चन्द्र कुमारी गुरुङ ले पनि आ-आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो भने मन्तव्य कै क्रममा लुम्बिनी प्रदेश सभाका सदस्य विर बहादुर गुरुङ, गण्डकी प्रदेश सभाका सल्लाहकार तथा गुर्खाज अनलाइन टिभिका संस्थापक देव थापा मगर, जिल्ला सभा रुपन्देहीका अध्यक्ष कुलाविर घर्ति मगर त्यस्तैगरी देवदह नगर सभाका अध्यक्ष सृजना गुरुङ, र जिल्ला कपिलवस्तु बाणगंगा नगर सभाका अध्यक्ष दल बहादुर नेपाली लगायतले ऎतिहासिक शुभकामना मन्तव्य राखेका थियो भने
कार्यक्रममा जिल्ला प्रदेश केन्द्र बाट आतिथिहरुको उपस्थिति संगै मूलवासी समुदायहरुको हजारौको संख्यामा रहेको थियो । उक्त कार्यक्रमलाई प्रमुख अतिथि लिम्बुले दिप प्रज्वलन गरि सिदाहा बुद्ध र डा गोपाल गुरुङको तस्बिरमा माल्यार्पण गरि समुद्घाटन गर्नु भएको थियो। त्यस्तैगरी ३१ डिसेम्बर २०२१ शुक्रबारका दिन भएको बन्द सत्र बाट नेत्र बहादुर गुरुङको अध्यक्षतामा २७ सदस्यीय गरि तिलोत्तमा नगर सभा गठन भएको थियो । जसमा सचिव गंगा थारु कोषाध्यक्षमा भिम बहादुर गुरुङ सह सचिवमा खेम बहादुर पुन रहनु भएको छ । र उक्त कार्यक्रममा स्वागत मन्तव्य नगरका सह सचिव खेम बहादुर पुनले राखेका थिए भने कार्यक्रम संचालन जिल्ला सभाका सचिव सलोन चिदी मगरले गरेका थिए ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology