आइतबार 19 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीको दुई स्थानमा दसै बहिष्कार

mongolvision | 16 अक्टोबर 2021

रुपन्देहीको दुई स्थानमा दसै बहिष्कार


सिर्जना गुरुङ
रूपनदेही/ रुपन्देही जिल्लाको दुई स्थानमा कथित दसै बहिष्कार कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार  जिल्ला सभा रूपनदेहीले आफ्नो  कार्यालय तिलोत्तमा -११,भुपु सैनिकमा कथित हिन्दुहरुको चाड दशैं बहिष्कार कार्यक्रम सम्पन्न गरेको छ ।
१५ अक्टोबर २०२१ शुक्रबार रूपनदेही जिल्ला अध्यक्ष कुलबीर घर्ती मगरको सभाध्यक्षता साथै संगठनका केन्द्रीय सदस्य तथा मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रिकाका पश्चिम बजार ब्यावस्थापक शिब बहादुर गुरुङज्युको प्रमुख आतिथ्यतामा कथित चाड दशैं बहिष्कार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशिष्ट अतिथिमा  केन्द्रीय सदस्य करणसिंह नेपाली   रहनुभएको थियो  भने अन्य अतिथिहरुमा एम.एन.ओ केन्द्रीय सदस्य चन्द्रकुमारी गुरुङ , लुम्बिनी प्रदेश सभाका सदस्य सन्त नेपाली,बीरबहादुर गुरुङ,देबराज गुरुंङ रहनु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि, अतिथि गण लगायत जिल्ला सदस्य चन्द्र बहादुर गुरुङज्युले मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रममा कालो टीका बहिष्कार स्वरुप लगाई दशैं बहिष्कार कार्यक्रम सम्पन्न गरेको हो ।  । उक्त कार्यक्रम जिल्ला सभाका सल्लाहकार ज्ञान बहादुर गुरुङज्युको स्वागत मन्तव्य साथै जिल्लाका सह सचिब हीरा गुरुङज़्युले सञ्चालन गर्नु भएको थियो।
त्यसतै  एम एनओ बुटवल उप महानगरपालिका, सैनामैना नगरपालिका, कन्चन, गाउपालिका, सुद्दोधन गाउपालिका को संयुक्त आयोजनामा संगठनका केन्द्रीय मुल सचिब थमन बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा दसै बहिष्कार कार्यक्रम सम्पन्न भयो । जीतबहादुर पुनको सभाध्यक्षतामा भएको दसै बहिष्कार कार्यक्रममा केन्द्रीय सदस्यहरु कल्पना थापा ,केशु राश्कोटी , राज छन्त्याल  , जय कलि दर्लामी र लुम्बिनी प्रान्तीय सभाका अध्यक्ष दिपक थापा मगर अतिथि रहनु भएको थियो । दसै बहिष्कार कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय मुल सचिब बुढा मगरले दसै लाई किन बहिस्कार गर्नु परेको बारेमा प्रष्ट पार्नु भएको थियो ।कार्यक्रम लोकबहादुर थापा मगरले संचालन गरेका थिए ।

रुपन्देहीको दुई स्थानमा दसै बहिष्कार

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्