शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रुपन्देहीको देवदहमा प्रशिक्षण सम्पन्न

बासुदेव नेपाली | 13 फेब्रुअरी 2021

रुपन्देहीको देवदहमा प्रशिक्षण सम्पन्न

रुपन्देही/ १३ फेब्रुअरी २०२१, रुपन्देही, मंगोल नेशनल अर्गनाईजेशन देवदह न.पा वार्ड नं.१,६,७,८ र १२को संयुक्त रुपमा प्रथम ऐतिहासिक वडा अधिवेशन देवदह नगर सभाको आयोजनामा देवदह ८ टटेरा मा खुला घोषण सभा सम्पन्न भएको छ।

देवदह न.पा आयोजक सभाका अध्यक्ष इन्द्र बा.नेपालीको सभाध्यतामा, नगर आयोजक सभाका सह सचिव सृजना गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेसन केन्द्रीय सदस्य शिव बा.गुरुङ रहनु भएको थियो भने विशिस्ट अतिथिमा संगठनका केन्द्रीय सदस्य करन सिंह नेपाली रहनु भएको थियो, अतिथिहरुमा लुम्बिनी प्रदेश सभा सदस्यहरु कर्ण बा.गुरुङ, वीर बा.गुरुङ, खिल बा.गाहा, देब गुरुङ लगायतका जिल्ला नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो, 

आयोजक सभाका सचिव वाशुदेव नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने रुपन्देही जिल्ला सदस्य सलोन चिदी मगर, जिल्ला सचिव सन्तोष वि.क, लुम्बिनी प्रदेश सभाका सदस्य देब गुरुङ, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथी तथा एम.एन.ओ केन्द्रीय सदस्य शिव बा.गुरुङले उक्त सभालाई सम्बोधन गर्दै बाहुनहरु जुनसुकै पार्टीमा भएपनी यिनिहरु मंगोल लाई मास्नको लागी षड्यन्त्र रच्न एकै हुन्छन, उनिहरु आफुलाई संविधान मा आर्य लेखेका छन भने हामि मंगोल लाई मंगोल नै भन्न नदिएर आदिवासी जनजाती दलित मधेसी मुस्लिम अल्पसंख्यक भनेर वर्ण विभेद गरिएको छ त्यसकारण अस्तित्व सहितको राजनिती गर्ने एकमात्र संगठन एम.एन.ओ भएको जानकारी गराउदै उपस्थित लोक समुदायहरु लाई मंगोल नेशनल अर्गनाइजेसन को बारेमा थप प्रष्ट पार्नु भएको थियो।

कार्यक्रममा १२ फेब्रुअरीको बन्द सत्रले पदम बा.थापाको अध्यक्षता, नुना थापा सचिव र हेमकली पुर्जा कोषाध्यक्ष सहित १० सदस्य देवदह न.पा वार्ड नं.१ सभा गठन भएको घोषणा गरिएको थियो।
त्यस्तैगरी बन्द सत्रले विजय दानियल गुरुङको अध्यक्षता, दिवस रेस्मी सचिव र हुम बा.सुनारी मगर कोषाध्यक्ष सहित ९ सदस्य देवदह न.पा वार्ड नं.६ सभा गठन भएको घोषणा गरिएको थियो।
त्यस्तैगरी बन्द सत्रले रामचन्द्र नेपालीको अध्यक्षता, रोशन रणपाल सचिव र चन्द्र प्रकाश घर्ती मगर कोषाध्यक्ष सहित ७ सदस्य देवदह न.पा वार्ड नं.७ सभा गठन भएको घोषणा गरिएको थियो। 
त्यस्तैगरी बन्द सत्रले कमला नेपालीको अध्यक्षता, टोप बा.गाहा सचिव र नारायणी देवि वि.क कोषाध्यक्ष सहित ७ सदस्य देवदह न.पा वार्ड नं.८ सभा गठन भएको घोषणा गरिएको थियो।
त्यस्तैगरी बन्द सत्रले जीवन तमाङको अध्यक्षता, स्मृति गाहा सिङ्जापती मगर सचिव र कमला तमाङ कोषाध्यक्ष सहित १५ सदस्य देवदह न.पा वार्ड नं.१२ सभा गठन भएको घोषणा  गरि सम्पुर्ण नवनिर्वाचित वार्ड पदाधिकारीहरुलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको थियो।
कार्यक्रमलाई समापन गर्दै देवदह नगर सभाका अध्यक्ष इन्द्र बा.नेपालीले देवदह नगरलाई मंगोलमय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

रुपन्देहीको देवदहमा प्रशिक्षण सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्